अमेरिकाको ठूलो स्वास्थ्य जीवन बीमा कम्पनी काइजरमा आबद्ध कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन । अमेरिकाका विभिन्न राज्यहरुमा आन्दोलनका लागि करिव ७५ हजार कामदार सडकमा उत्रिने भएका छन ।
अमेरिकी इतिहासमा यतिधेरैको संख्यामा आन्दोलनमा कर्मचारी उत्रिएको पहिलो पटक हो । उनीहरुलाई विभिन्न युनियनले साथ दिएका छन । काइजरमा अनुबन्ध भएका कुल कर्मचारी मध्ये ४० प्रतिशत आन्दोलनमा उत्रिएका छन । उनीहरु काम छोडेर नै आन्दोलनमा जाने बताइएको छ ।
काइजरमा काम गर्ने भर्जिनिया, डीसी, क्यालिफोर्निया, कोलोराडो, ओरिगन राज्यमा धेरैको संख्यामा आन्दोलनमा सहभागि भएका छन ।
कम्पनीबाट राम्रो तलव र सुविधा पाउनुपर्छ भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन । आन्दोलनमा उत्रिनेमा नर्सिङ स्टाफ, डाइटेरी कामदार, औषधी विभागमा काम गर्ने मानिसहरु धेरै रहेको बताइएको छ ।
उनीहरुको आन्दोलनमा उत्रिनुको कारण कामको चाप धेरै र सुविधा कम भन्ने रहेको छ । कर्मचारीलाई कामको दबाब कम होस भनेर काइजरले यसअघि नै २०२३ को अन्तिमसम्ममा १० हजार नयाँ कर्मचारी नियुक्ति गर्ने बताइसकेको छ ।
तस्विर:सीएनएन