अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका संस्थापक अध्यक्ष र वरिष्ठ लोकदोहोरी गायक एवं पत्रकार रामप्रसाद खनाल अमेरिकाका राष्ट्रपतिद्वारा प्रदान गरिने ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०२३’ बाट सम्मानित भएका छन् ।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको विशेष प्रमाणपत्रसहितको पुरस्कार उनले प्राप्त गरेका हुन् । ह्वाइट हाउसका तर्फबाट राष्ट्रपति बाइडेनले लेखेको सम्मानपत्र पनि उनले पाएका छन् ।