Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

महेश श्रेष्ठलाई शेष घले समुहका अध्यक्ष कुंवरको शुभकामना

महेश श्रेष्ठलाई शेष घले समुहका अध्यक्ष कुंवरको शुभकामना

नेप्लिज डायस्पोरा

२२, आश्विन २०८०
images
महेश श्रेष्ठलाई शेष घले समुहका अध्यक्ष कुंवरको शुभकामना

महेश र विनोदले गरे सामूहिक सम्बोधन, तीन महिनाभित्र एनआरएनए एकता गर्ने प्रतिबद्धता

 

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठलेविभाजित रहेको संस्थालाई तीन महिनाभित्र एकताबद्ध गरी छाड्ने प्रतिबद्धता जनाएका छन् । कोरिया भ्रमणमा रहेकाउनले आफ्नो टिमका उम्मेदवारहरु र डेलिगेट्स एवम सदस्यहरुबीच आयोजना गरिएको अन्तरसंवादलाई सम्बोधन गर्दैएक्सनमा उत्रेर काम गर्ने र एकता गराउने प्रतिबद्धता जनाएका हुन् ।

आफ्नो सम्बोधन गर्ने क्रममा उनले एक महिनाभित्र एकताको खाका तयार गर्ने र तीन महिनाभित्र सम्पूर्ण गैरआवासीयनेपालीहरुलाई एकताको सूत्रमा बाँध्ने प्रतिज्ञा गरे ।

 

उनले भने,‘ गैर आवासीय नेपाली संघप्रति ठूलो अपेक्षा छ । तर पछिल्लो समय संस्थामा विवाद बढेको साथै पदलोलुपताबढेकाले अब सहमति, सहकार्य र भावनात्मक एकता गर्नुपर्ने छ । त्यसैले विनोद कुँवरजीलाई साथमै राखेर सम्बोधन गर्नपाउँदा एकता निश्चित हुनेछ,’ उनले भने,‘विगतका दिनमा केही अविश्वास बढ्यो, प्राविधिक कारणले मिलन हुन सकेन, तरम समन्वयकारी भूमिका निर्वाह गरेर इतिहास बनाउँछु ।’

 

आफू कोषाध्यक्ष हुँदा संघको गरिमा बढ्ने गरी सिष्टम बनाउन सफल भएको र पारदर्शी रुपमा कोष संचालन गरेकोबताउँदै श्रेष्ठले अध्यक्ष पदमा विजयी भएपछि अल्पकालिन र दिर्घकालिन योजनाहरु बनाएर सबैको मन जित्नेगरी कामगर्ने प्रतिबद्धता दोहोर्याए । ‘पूर्वअध्यक्षहरुले शुरु गर्नुभएको दीर्घकालिन योजनाहरु अधुरै छन् । २० बर्षको इतिहासमा पनिसंस्था एउटा प्रक्रियामा हिंड्न सकेन । कसले के काम गर्ने भन्ने अन्योल छ । तर अब यि समस्याहरुको हल हुनेगरीपाँचवटा बुँदालाई केन्द्रमा राखेर एक्सन र भिजनसहित काम गर्न तपाइँहरु सामू उभिएको छु ।’

कोरियाबाट सम्बोधन गर्ने क्रममा उनले असन्तुष्ट समूहको नेतृत्व गरिरहेका विनोद कुँवरलाई पनि साथमै राखेका थिए ।त्यस क्रममा कुँवरले १०औं महाधिवेशनमा जस्तै त्रुटीहरु नगर्न र एकता गर्न आब्हान गरे । उनले श्रेष्ठलाई शुभकामना पनिदिए। ।

गत मार्च २०२२ मा काठमाडौँमा एनआरएनएको छुट्टाछुट्टै १० औं महाधिवेशन आयोजना गरिए पछि विनोद कुँवर नेतृत्वकोसमूहले समानान्तर संस्था संचालन गर्दै आएको छ।

संघका उपाध्यक्ष नारायण आचार्यले महेशजी सँगै कमिटिमा बसेर काम गरेको स्मरण गरे। ‘सबै साथीहरुको सल्लाह रसुझावका आधारमा फेरि उपाध्यक्षमा दोहोरिने निर्णय गरेको छु । म टिम स्प्रिटमा विश्वास गर्छु र अहिले महेशजीकोनेतृत्वमा संस्था एकताबद्ध हुनेछ भन्ने कुरामा म विश्वस्त छु,’ आचार्यले भने ।

उपाध्यक्षका अर्का उम्मेदवार राज रेग्मीले ११ औं अधिवेशनलाई एकताको अधिवेशन बनाउन जरुरी रहेको बताए ।गैरआवासीय नेपाली नागरिकताको अधिकार प्राप्त भए पनि बंशजको आधारमा प्राप्त नागरिकताको निरन्तरताको लागिटिम महेशले पहल गर्ने उनले बताए । युवाहरुलाई जोड्ने मुख्य लक्ष्य लिएर आफुले उम्मेदवारी दिएको बताउंदै उनलेविदेशमा आर्जन गरेको सिप र पुँजीलाई नेपालमा लगानी गरी समृद्ध नेपाल बनाउने अभियानमा केन्द्रीत हुन आग्रह गरे।

उपाध्यक्ष पदका उम्मेदवार सुनील साहले संघको कोषाध्यक्षको रुपमा संस्थाको पारदर्शीताको लागि काम गरि रहेको रप्रत्येक महिना खर्च विवरण सार्वजनिक गर्ने गरिएको बताए । ‘हामीले धेरै उपलव्धि हासिल गरे पनि काम गर्न बाँकी नै छ ।म काममा विश्वास गर्ने व्यक्ति हो । भोलिका दिनमा पनि यो विश्वासलाई कम हुन दिने छैन,’ उनले भने।

संघका सचिव तथा उपाध्यक्ष पदका उम्मेदवार गंगाधर गौतमले विगतमा विभाजित एनआरएनएलाई एकीकृत गर्नका लागिमहेश श्रेष्ठको भूमिका महत्वपूर्ण हुने बताए । एनआरएनलाई कुन दिशामा लैजाने, यहाँ देखिएका समस्या र विभाजनकारेखाहरुलाई अन्त्य गर्दै कस्तो नेतृत्वको आवश्यकता छ भन्ने विषयमा बहस गर्दै टिम महेशलाई सघा उन उनले सबैडेलिगेट्स हरु लाई आग्रह गरे।

टिम महेशबाट महासचिवका प्रत्यासी बुद्धिसागर सुवेदीले एनसीसी र आइसीसीको चुनाव एकैपटक गर्ने साथै एनसीसीअध्यक्षहरुलाई आइसीसीको आमन्त्रित सदस्य बनाउन प्रस्ताव अघि सारे । उनले प्रभावकारी केन्द्रीय कार्यालय तथाहस्तक्षेपरहित र स्वायत्तपूर्ण एनसीसी निर्माण आफ्नो प्रमुख एजेन्डा रहेको बताए ।

‘दुई वर्षे कार्यकाल रहेको एनआरएनएमा निर्वाचन प्रक्रियामै ६ महिना व्यतीत हुनेगर्दा पूर्व निर्धारित महत्वपूर्ण कामहरुओझेलमा पर्ने भएकाले सबै पन्जीक्रीत सदस्य हरुले एकै पटक मतदान गर्ने गरी आइसीसी र एनसीसीहरुको निर्वाचनएकैपटक गर्न प्रस्ताव अघि सारेको हुँ,’ उनले भने,‘संस्थामा व्यापक सुधार गरेर सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई संस्थाचलायमान रहेको अपनत्व अनुभूत गराउनेछौं र सिन्डिकेटहरु तोडेर अघि बढ्ने छौं ।’

 

images
प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - २२:०९:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend