Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

इजरायलमा बेपत्ता एक नेपालीको अवस्था अझै अज्ञात, घर फर्किन २०० बढीले नाम टिपाए

इजरायलमा बेपत्ता एक नेपालीको अवस्था अझै अज्ञात, घर फर्किन २०० बढीले नाम टिपाए

नेप्लिज डायस्पोरा

२२, आश्विन २०८०
images
इजरायलमा बेपत्ता एक नेपालीको अवस्था अझै अज्ञात, घर फर्किन २०० बढीले नाम टिपाए

काठमाडौँ।

इजरायल आक्रमणमा बेपत्ता भएका एकजना नेपालीको अवस्था अझै अज्ञात रहेको छ । इजरायलस्थित नेपालीदूतावासले आज साँझ विज्ञप्ति जारी गरी सम्पर्कविहीन रहेका ती नेपालीको तीव्ररूपमा खोजी भइरहेको जनाएको छ ।

त्यसका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सबै स्थानीय संयन्त्रको सहयोग लिइएको जनाइएको छ ।

दूतावासका अनुसार चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुई जनालाई तेल अबिब सहरमा सुरक्षितस्थानमा ल्याइएको छ ।
त्यस्तै मृतकको शव फिर्ता गर्नका लागि दूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथासहकार्य सुरु गरिसकेको बताएको छ ।

नेपाल फर्कन इच्छुक नेपालीहरूको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यकसमन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन सुरु भइसकेको छ । जसमा दुई सय भन्दा बढीको विवरणप्राप्त भइसकेको छ।

शनिबार प्यालेस्टाइनी आतंकवादी समूह हमासको आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको थियो । नेपाल समाचारपत्रमा खबर छ ।

images
प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - २२:४३:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend