Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बानाले गर्ने नेपाली सडक महोत्सवको तयारी अन्तिम चरणमा

बानाले गर्ने नेपाली सडक महोत्सवको तयारी अन्तिम चरणमा

रोशनबहादुर सिंह

२७, आश्विन २०८०
images
बानाले गर्ने नेपाली सडक महोत्सवको तयारी अन्तिम चरणमा

बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका बाना को आयोजनामा हुन लागेको नेपाली सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । छैटौं संस्करणका रुपमा रहेको यो कार्यक्रमलाई यसअघिका बर्ष भन्दा यो पटक अझ उत्कृष्ट बनाउने योजनाका साथ बानाले तयारी जोडतोडका साथ गरेको छ । 

बानाका अध्यक्ष सुबोध पन्तका अनुसार यो संस्करणमा पहिलो पटक बाल्टिमोरमा रहेका सबै समाज र संस्थाले एकसाथ कार्यक्रम गर्ने भनेर एकबद्धता जनाएको बताए । साथै यो पटक एनआरएनए अमेरिकाले पनि यो कार्यक्रमका लागि सहयोग गरेको बताए । 

पन्तले नेपाली संस्कृती झल्किने नाचगानका साथै झाक्री कार्यक्रम हुने र विभिन्न भेष भुषामा विभिन्न समाजका कलाकारले प्रस्तुती दिने बताए । यस्तै कार्यक्रममा खेलकुदका साथै बाल्टिमोरमा रहेका विभिन्न संस्थाबाट आफ्नो मौलिक प्रस्तुती समावेश गर्ने बताए । 

कार्यक्रमलाई नेपाली दुतावासले पनि सहयोग गरेको छ । पन्तका अनुसार कार्यक्रममा १६ वटा स्टलहरु राखिने र त्यसमा नेपाली विभिन्न खानेकुराहरु राखिनेछ । यसका साथै ह्याण्डिक्र्राफ्टका सामानहरु पनि प्रदर्शनीमा राखिनेछ । यसका साथै नेपाली मौलिक कपडाहरुपनि प्रदर्शनीमा राखिनेछ । यस्तै बाल्टिमोरमा नेपालीले उत्पादन गरेका तरकारीहरुको पनि स्टल राखिनेछ । 

यो कार्यक्रमलाई बाल्टिमोर काउन्टीको पनि सहयोग रहेको छ । कार्यक्रममा बाल्टिमोर काउन्टिका सहायक जोनीले पनि आफ्नो धारणा राख्नेछन । 

आइतबार बिहान ११ बजेबाट सुरु हुने कार्यक्रम साँझ ६ बजे सकिनेछ । हरेक बर्ष हुँदै आएको कार्यक्रमलाई सफल पार्नका लागि बानाले अध्यक्ष पन्तको संयोजकत्वमा एक सय एक जनाको आयोजक समिती बनाएको छ । यसका साथै कार्यक्रममा सहभागि हुने प्रतिबद्धता जनाएका सबै संस्थाले पनि स्वयंमसेवकका रुपमा सहयोग गर्ने बताएको पन्तले जानकारी दिए । 

इनास मेरिल्याण्ड र इनास अमेरिकाको समेत प्रस्तुती रहने कार्यक्रमका लागि खर्चको ब्यवस्थापनपनि बाना गरिसकेको बताएको छ । 

मेरिल्याण्डमा रहेका नेपालीहरुको सहयोगका लागि स्थापना भएको बानाले सडक महोत्सव कार्यक्रम सन् २०१५ देखि सुरु गरेको थियो । तर बिचमा एक बर्ष कोभिडका कारण हुन सकेको थिएन । त्यसबाहेक अरु बर्ष निरन्तर रुपमा भइरहेको छ । अघिल्लो बर्ष यो कार्यक्रम सफल रुपमा भएपनि बर्षाका कारण सोचे अनुसार हुन नसकेको अध्यक्ष पन्तले बताए । 

 

images
प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - ०६:३६:०९ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend