Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिका पठाइदिन्छु भन्दै ११ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ११ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

नेप्लिज डायस्पोरा

३०, आश्विन २०८०
images
अमेरिका पठाइदिन्छु भन्दै ११ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ११ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना काठमाडौंबाट पक्राउ परेका छन् 

 

दैलेख घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका बस्ने ४० वर्षीय कुलबहादुर पन्त पक्राउ परेका प्रहरीले जनाएको 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो।

भुवनेश्वर अनात्यलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा अनात्यले वैदेशिकरोजगार विभागमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धानकार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। पन्तलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिकरोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

उनलाई पक्राउ गर्न विभागले प्रहरीलाई पत्राचार गरेको थियो 

images
प्रकाशित मिति :आश्विन ३०, २०८० मंगलवार - ०४:२८:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend