दशै संदर्भ:
हिन्दू बुद्ध मन्दिर बाल्टिमोरमा चंगा उडाउने कार्यक्रम:
हिन्दू-बुद्ध मन्दिर परिसरमा अक्टुवर २२ आईतवार अष्टमीका दिन दशै संबन्धित अरु कार्यक्रमहरुका साथै नेपाली भाषा कक्षाका बिद्दार्थिहरुलाई लक्षित गरि चंगा (Kite) उडाउने कार्यक्रम पनि रहेकाले बिद्दार्थि अभिभावक साथै यहाँ स्थित सबै नेपालीहरुलाई मन्दिर परिवारबाट उपस्थितिका लागि आह्वान गरिएको छ । साथै संबन्धित सामग्रीहरु सशुल्क त्यहि उपलब्ध गराईने छ ।
संदर्भ चंगाकै :
चंगा उडाउने चलन सर्वप्रथम चीनबाट सुरु भएको हो ।अहिले जापान, अष्ट्रेलिया,अमेरिका, ईण्डोनेशिया, भियतनाम,भारत आदि देशहरुमा पनि अन्तर्राष्ट्रीय काईट फेष्टिवल भनेर हरेक बर्ष मनाउने चलन रहेको छ ।
अमेरिकामा पनि हरेक बर्ष अगस्तको तेस्रो हप्ता वाशिंगटन स्टेटको लंग बीच नजिकै चंगाप्रेमीहरुको लाखौको उपस्थितिमा अंतराष्ट्रीय काईट फ़ेस्टिवल भनेर एक हप्ता सम्म बिभिन्न आकार प्रकारका रंगीचंगी चंगाहरु उडाएर मनाउने गरिन्छ ।
नेपालमा चंगाको त्यस्तो ईतिहास त छैन तर संस्कृति अनुसार शरद ऋतुको अत्यन्त मनमोहक समयमा आकाशमा उडेका धेरै चंगाहरुलाई देखे पछि स्वर्गका राजा ईन्द्र प्रसन्न भएर पानी बर्षीन बन्द गराएका थिए । र त्यस बेलादेखि नै दशैको आगमन संगै बर्षा रोकिएको भन्ने भनाई रहेको छ ।
नेपालमा पनि हरेक बर्ष दशैको समयमा नगरकोट, धुलिखेल,साँखु आदि ठाँउमा चंगा प्रतियोगिता गर्ने गरिन्छ ।
चंगाको बिज्ञान:
चंगाको बिज्ञानलाई हेर्ने हो भने जसरी हवाईजहाज़लाई एरोडाईनामिक्सको नियम अनुसार अर्थात् हावाको गति, चाप आदिको असरलाई हिसाब गरेर यसको आकार प्रकार दिईएको हुन्छ ठिक त्यस्तै चंगालाई पनि एरोडाईनामिक्स कै नियम संग तालमेल हुने गरी कागजको आकार प्रकार, यसमा फिट गरिने बाँस/बेतका डण्डिहरु, धागोको दुरी आदिलाई हिसाब मिलाएर तयार गरिन्छ ताकि यो संतुलनमा उडदै आकास तर्फको उचाई लिन सकोस।
सुरुमा चंगा उडदै गर्दा हावाको उठाउने शक्ति(lifting force) ले पृथ्वीको गुरुत्वाकर्षण शक्ति र जमीन तिरै धकेल्ने हावाको शक्ति (air resistance force) दुबैलाई ओभरकम गर्दै माथि आकास तिर बढदै जान्छ । यसरी चंगाले आकास मार्ग तताउदै गर्दा ३ वटा बल (force) संग tug-of-war गर्नु पर्ने हुन्छ । यसप्रकार रकेट उड्ने देखि चंगा उड्ने सम्म सबैमा एरोडाईनामिक्स कै नियम लागु हुन्छ ।
चंगा प्रेमी बिद्दार्थिहरुले चंगालाई समाउदा नै यसको बनावट संग जोडिएको बिज्ञानलाई बुझे भने चंगा उडाउनमा अझ बढि उत्साह र उमंग जाग्नेछ ।भनिन्छ यहि चंगा उडेकै हेराईबाट आकाशमा उडने एयर-क्राफ्टहरु जन्मेका हुन । हेराईं फरक हो सामान्य लाग्ने चिजबाट असामान्य बस्तु जन्मिन्छ ।
हावा पछि मौसम संग पनि चंगाको तालमेल हुनु पर्छ ।एउटा राम्रो चंगा उडनको सागि हावाको गति प्रति घंटा ८ देखि १५ माईल प्रति घंटाको हावाको गति हुनु पर्छ । केहि हलुका खाले चंगाहरु प्रति घंटा ३ देखि ४ माईल प्रति घंटाको गतिमा पनि उड्ने गर्छन । ठुलो आँधि हुरी र बर्षातको समयलाई चंगा मैत्री मौसम मानिदैन ।यसरी चंगा उडाउनु भनेको यसको बिज्ञानलाई पनि बुझ्नु हो ।
चंगा उडानबाट हुने फाईदै फाईदा:
चंगा उडाउनु भनेको घरबाट टाढा खुला र निलो आकाश मुनी घमाईलो र मन्द हावामा प्रकृतिको अनुपम आनन्द लिदै प्रकृति संगै प्रत्येक्ष जोडिनु हो । जसबाट शरीर ,दिमाग़, बिचार र भावनामा एकरूपता ल्याई चिन्ता तनाव डिप्रेशन कम गरी शारीरिक एवं मानसिक स्वास्थ्यमा चमत्कारिक प्रभाब पार्छ । जसबाट मान्छेलाई खुसि ,आनन्द , सकारात्मक सोंच र सृजनशील बनाउछ ।यो प्रमाणित भै सकेको कुरा हो ।
चंगा उडाउदा टाउको काँध र कंबर सिदा हुन्छ भने दिमाग आकाशको चंगा संग केन्द्रित हुन्छ त्यसबेला दिमाग़को अन्यत्र डिस्ट्रयाक्ट हुदैन र त्यहाँ एक प्रकारले ध्यान योगको काम हुन्छ । जसबाट दिमाग़ सृजनशील र आनन्दित हुन्छ भने चंगा संगको ट्रयाकिंगले शरीर रिल्याक्स हुन्छ ।
परमात्माले मान्छेको टाउकोलाई आकासतिर ठाडो बनाई दिएर “ उडि छुनु चन्द्र एक” भन्दै जतिसको अनन्त आकासतिर लक्ष सहित यात्रा गर भनेर बुद्धि (neocortex) थपि दिएका छन । यहि कुरालाई सहयोग पुर्याउन चंगाले पनि तिम्रो जीवनको लक्ष भनेको म संगै आकास तिरको यात्रा हो भनेर संकेत गरेको हो । तर जनावरलाई आकाश तिरको रोजाई छैन किनभने परमात्माले नै उनिहरुको टाउकोलाई ज़मीनतिर घोप्टो पारि ज़मीनलाई मात्रै हेर्ने आदेश दिएका छन भने बुद्धि दिएका छैनन ।
चंगाको संदेश यो हुनु पर्छ कि मान्छेले जनावर जस्तो उदो मुण्टो पारेर ज़मीनमा घिस्रेर हिडने होईन ठुला ठुला योजना र लक्षका साथ चंगा जस्तै अनन्त आकाशमा उड्ने हो ।अर्थात् कमिला मार्गबाट हिड्ने होईन चरा /चंगा मार्गबाट हिडनु पर्छ भनेको हो ।
चंगाले हाम्रो जीवनलाई पढाउने अर्को महत्वपूर्ण पाठ भनेको मनलाई नियंत्रणमा राख्नु पनि हो । जसरी बिना धागो र लट्टाईले नियंत्रण नगरेको चंगा जतासुकै जान खस्न र दुर्घटना हुन सक्छ ठिक त्यस्तै प्रकारले बुद्धिले नियंत्रण नगरेको छाडा मनले शरीरलाई कुनै पनि बेला दुर्घटना गराउन सक्छ ।त्यसैले धागों नियंत्रित चंगा जस्तै बुद्धि नियंत्रित मन हुनु पर्छ भन्ने पनि हो ।
अर्को संदेश आँखालाई स्वास्थ्य बनाउनु पनि हो । माथि आकाशमा एकटक चंगालाई हेरीरहदा
नर्भ र मसलहरुलाई रेगुलेट गरेर आईसाईटलाई बढाउने काम गर्छ ।
अर्को भनेको यो समुहमा हुने खेल भएकाले एकापसमा सुमधुर संबंध बढाउन र सामाजिक सदभाव राख्न महत्वपूर्ण भूमिका रहन्छ ।
यसप्रकार भबिष्यको ठुलो लक्ष लिएर पढदै गर्ने बिद्यार्थिहरुले चंगा उडाउदै गर्दा भरपूर मनोरंजन लिनुको साथै यसको बिज्ञान ,मौसम, प्राकृतिक बाताबरण साथै यसले देखाउने मार्ग, जीवन दर्शन आदिलाई आफुले प्रत्येक्ष अनुभब गर्ने छन र अरु साथिभाई हरुलाई पनि शेयर गर्ने छन ।
दुर्गा भवानीले हामी सबैलाई कल्याण गरुन ।हामी सबैको जय होस ।
बाल्टिमोर
अक्टूबर २१