१. अमेरिकाबाट गौरी जोशी, र केशव पौडेल बाहेक सबैले किन हारे ?
अमेरिका रिजन मा १९ % मेम्बेर छन् तर १० % (४५५) मात्रै डेलिगेट छन। सुनिल शाह, (२३९) ,कृष्ण जीवी पन्त (२७०), प्रकाश सापकोटा (२७४) मतले हारे। यदि मेम्ब्बर अनुसार डेलिगेट हुने भए, अमेरिका रिजन को डेलिगेट ८१५ हुने थियो । यी ३ नै जनाले जित्ने थिए।
२. ० भोट कसरी ?
यो रिपोर्टिंग गल्ति हो, भोटिंग को होईन। यसमा सबै को गल्ति छ। भेरो, चुनाब कमिटिको। त्यत्रो ३५६ भोट काउन्ट नहुँदा भेरो को सिस्टम ले Warn गर्नु पर्थ्यो। यो सुधार्न सकिन्छ ।
३. अध्यक्ष र महासचिव को टोटल भोट किन फरक छ ?
यदि कसैले अध्यक्ष मा भोट गर्यो र Continue थिच्यो तर उसले अन्तिम (१४) सम्म नगईकिन त्यति कै छोड्यो भने पनि सिस्टम भोट काउन्ट गर्छ । त्यहि भएर पछाडी का को उम्मेदवार को टोटल भोट कम छ। अध्यक्ष (३,९५८), महासचिव (३,९४९), कोषाध्यक्षमा (३,९४२), युवा संयोजक (३,९३७)
४. भेरोले बदमासी गरेर बद्री केसी को टिम लाई मात्रै जिताउन सक्छ ?
असम्भब त होईन तर एन र एन को एउटा सानो चुनाब को लागि भेरोले पुरै आफ्नो पुरै बिजनेस डुब्ने काम गर्दैन। यदि फ्रड गरेको भेटीएमा कम्पनि बन्द हुन्छ र उसका लिडरशिप मा बसेका सबै जेल जान्छन।
अहिले सम्म हेर्दा रिपोर्टिंग इस्यु बाहेक कुनै फ्रड भएको देखिएको छैन। चित्त नबुझे भरोलाई फेरी रिभ्यु गर । त्यो पनि चित्त नबुझे अदालत जाऊ र जित्यो भने यो कमिटि त्यसै खारेज हुन्छ । २ बर्ष कुर, सबै मेम्बरले अन लाईन भोट दिने व्यवस्था गर्यो भने अमेरिकाका धेरै साथीहरुले जित्ने छन् तर अर्को कमिटि गठन गरेर नेता का घर चाहार्ने काम नगर प्लिज।
(भण्डारी एनआरएनए अमेरिकाको १९/२१ कार्यसमितीमा आईटी कोचियर भएर काम गरेका विज्ञ हुन् । -सम्पादक ।)