Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मेइनमा मास सुटः २२ को मृत्यु ६० घाईते, आक्रमणकारी अझै फरार

मेइनमा मास सुटः २२ को मृत्यु ६० घाईते, आक्रमणकारी अझै फरार

नेप्लिज डायस्पोरा

९, कार्तिक २०८०
images
मेइनमा मास सुटः २२ को मृत्यु ६० घाईते, आक्रमणकारी अझै फरार

अमेरिकाको मेइनमा एक व्यक्तिले अन्धाधुन्ध गोलाबारी गर्दा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । घटनामा ६० जनाभन्दा घाइते भएका छन् ।

लेविस्टनमा स्थानीय समयअनुसार साँझ ७ बजेबाट गोलाबारी सुरु भएको थियो । कम्तीमा तीन ठाउँमा गोलाबारी भएको बताइएको छ । सबैभन्दा पहिले बालबालिकाको कार्यक्रम आयोजना भइरहेको एक बलिङ एलीमा गोली प्रहार गरिएको रिपोर्ट प्रहरी कहाँ पुगेको थियो ।

त्यसको लगत्तै एउटा बार एन्ड ग्रिलमा गोली चलेको खबर आएको थियो । त्यस्तै वालमार्ट डिस्ट्रब्युसन सेन्टरमा ८ बजेपछि गोली चलेको खबर आएको थियो । त्यसपछि ९ बजे गोलाबारीको अर्को घटना रिपोर्ट गरिएको थियो ।

सिटी काउन्सिलर रोबर्ट म्याकार्थीले मृत्यु हुनेको सङ्ख्या १६ बाट बढेर २२ पुगेको जानकारी दिए । प्रहरी अधिकारीहरूले मानिसहरूलाई घरभित्र बस्न र ढोका लगाउन आग्रह गरेका छन् । लेविस्टनमा करिब ३९ हजार मानिसको बसोबास रहेको छ । 

images
प्रकाशित मिति :कार्तिक ९, २०८० बिहिवार - १७:३१:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend