Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपाली साहित्यको बिस्तारमा सकृयता बढ्दो

नेपाली साहित्यको बिस्तारमा सकृयता बढ्दो

नेप्लिज डायस्पोरा

१२, कार्तिक २०८०
images
नेपाली साहित्यको बिस्तारमा सकृयता बढ्दो

आजकल नेपाली साहित्यलाई विश्वब्यापिकरण गर्न खोज्नेहरुको सकृयता बढ्दै छ ।  नेपालीहरू सँसार भरी फैलिँदै गरेको परिप्रेक्षमा आफ्नो सँस्कार सँस्क्रिती र भाषा तथा साहित्य परेदेशी भूमिमा पनि जुर्मुराउन थालेको छ । रातो साडी र चुरा पोतेमा छम्म्छमी नाच्ने तीज देखि दसैंमा टिका जमरा र तिहारमा मखमली र सयपत्रीको माला तथा सप्तरङ्गी टिकाले परदेशी भूमी पनि रङ्गीन थालेका छन् । गक्ष अनुसार मठमन्दिरहरू पनि बनेका छन् ।

यी सबै पक्षहरूलाई समेट्ने पहिलो माध्यम भाषानै हुदो रहेछ । त्यही महशुस गरेर नै परदेशी भूमिमा पनि नेपाली भाषा साहित्यलाई सम्बर्धन र प्रबर्धन गर्न बिभिन्न सँघसँस्थाहरू खुलेका छन् ।

यही सन्दर्भमा एउटा बिशेष सँस्था जस्ले नेपालमा स्थापना भएर पनि विश्वभर बिभिन्न देशमा आफ्ना साखाहरू खोलेर नेपाली साहित्यलाई विश्वब्यापिकरण गर्ने दिशा तिर उन्मुख रहेको छ । सो लक्षमा सफल हुन आवश्यक तयारी भईरहँदा बेला बखत सुझाव सँकलन गर्दै गरेको भेटिन्छ । बाल बालिकाहरूमा साहित्यिक रुची बढाउन तालिम तथा कक्षा सँचालन गरी उत्कृष्ट विद्यार्थीहरूलाई पुरश्क्रित गर्ने गरेको भेटिएको छ । सबै उमेर, समुह र स्वदेशका बिभिन्न क्षेत्र तथा परदेशलाई समेट्दै जाँदा बिभिन्न खाले कार्यक्रमहरू सँचालन गर्दै आएको भेटिएको छ ।

त्यही क्रममा यो विषिष्ट सँस्था "साहित्यिक चौतारी नेपाल"द्वारा आयोजित र सँस्थाकी सफल नेत्रित्वकर्ता तथा अध्यक्ष गीता भण्डारीद्वारा निरन्तर सन्चालित यस्ता कार्यक्रमहरू हेर्दा यो सँस्थाको गतिबिधी सहजै बुझ्न सकिन्छ । उदाहरणका लागि एउटा कार्यक्रम यहाँ प्रस्तुत गरिएकोछ ।

कार्यक्रम सुन्नलाई यहाँँ क्लिक गर्नुहोला :



images
प्रकाशित मिति :कार्तिक १२, २०८० आइतवार - ००:०६:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend