एनआरएनए मेरिल्याण्ड च्याप्टरले घरघरमा देउसी भैलो खेल्ने भएको छ । च्याप्टर उपाध्यक्ष किरण पण्डितले यो जानकारी दिएका हुन् ।
"अघिल्लो बर्ष कै कार्यक्रमलाई हामीले निरन्तरता दिन खोजेका हौं ।" उपाध्यक्ष पण्डितले भने ।
"देउसी भैलो कार्यक्रममा नोभेम्बरको ११, १२ र १३ तारिखका दिन मेरिल्याण्डका विभिन्न टोल र बस्तिहरुमा पुग्ने योजना छ ।" च्याप्टर सचिव गोविन्द सापकोटाले बताए ।
कार्यक्रम अनुसार वस्तीहरुमा कलाकार सहित जाने र गएका ठांउमा त्यहांका बच्चाहरुलाई पनि देउसी भैलोमा सहभागी गराउने र रमाईलो गर्ने योजना रहेको आयोजकहरुले बताए ।
देउसी भैलो गर्ने कार्यक्रम सार्बजनिक भए लगत्तै नेपालीहरुको बस्ती बाक्लो रहेका स्थानहरुबाट निमन्त्रणा आउन शुरु भएको उपाध्यक्ष किरण पण्डितले नेप्लिज डायस्पोरालाई जानकारी दिए ।