Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

जाजरकोट भुकम्पमा परेर ज्यान गुमाउनेको सम्झनामा बाल्टिमोरस्थित हिन्दु बुद्ध मन्दिरमा दीप प्रज्वलन तथा सामुहिक प्रार्थना गरिने

जाजरकोट भुकम्पमा परेर ज्यान गुमाउनेको सम्झनामा बाल्टिमोरस्थित हिन्दु बुद्ध मन्दिरमा दीप प्रज्वलन तथा सामुहिक प्रार्थना गरिने

रोशनबहादुर सिंह

२२, कार्तिक २०८०
images
जाजरकोट भुकम्पमा परेर ज्यान गुमाउनेको सम्झनामा बाल्टिमोरस्थित हिन्दु बुद्ध मन्दिरमा दीप प्रज्वलन तथा सामुहिक प्रार्थना गरिने

जाजरकोटमा गएको भुकम्पमा परेर ज्यान गुमाउने नेपालीको सम्झनामा अमेरिकाको बाल्टिमोरस्थित हिन्दु बुद्ध मन्दिरमा दीप प्रज्वलन तथा सामुहिक प्रार्थना गरिने भएको छ । 

घरदेश दुख्दा परदेश रुन्छ भन्ने मनोभावनाका साथ भुकम्प गएको १३ औं दिन पुगेको दिन बाल्टिमोरमा रहेका नेपाली एकजुट भएर यो कार्यक्रम गरिन लागेको हो । 

म्याग्दी समाज अमेरिकाको आयोजनामा हुने कार्यक्रम नोभेम्बर १६ तारिख बिहिबारका दिन गरिनेछ । साँझ ५ बजेबाट सुरु हुने कार्यक्रममा बाल्टिमोरमा रहेका नेपालीलाई उपस्थित हुन म्याग्दी समाजले अपिल गरेको छ । 

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परेर एक सय ५३ जनाले ज्यान गुमाएका थिए । जसमा ८३ जना बालबालिका रहेका थिए । जसमा जाजरकोटमा ५५ जनाले ज्यान गुमाएका थिए भने रुकुम पश्चिममा २८ जनाको मृत्यु भएको थियो । 

नलगाडमा १७ महिला, १० पुरुष, १५ बालक र ९ बालिका गरी ५१ जनाको ज्यान गएको छ । त्यस्तै, भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ । जसमा १४ महिला, चार पुरुष र बालबालिका २४ रहेका छन् । 

 

images
प्रकाशित मिति :कार्तिक २२, २०८० बुधवार - ०४:००:०१ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend