Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरीकाले मनायो बलिहाङ देउसी-भैलो

युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरीकाले मनायो बलिहाङ देउसी-भैलो

नेप्लिज डायस्पोरा

६, मंसिर २०८०
images
युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरीकाले मनायो बलिहाङ देउसी-भैलो

बिके राई (सन्तोष),

संयुक्त राज्य अमेरीका, न्युयोर्क |

   युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरिका (युक्रा)ले ११,नोभेम्बर,२०२३ का दिन संयुक्त राज्य अमेरीका न्युयोर्क सहरको एलम्हर्स्ट स्थित घ्याल्सुम्दो सेवासमाजको भवनमा बलिहाङ देउसी-भैलो भब्यताका साथ सम्पन्न गरेको छ । 

 

उक्त कार्यक्रम औपचारिक र बलिहाङ देउसि-भैलो गरि दुई खण्डमा सम्पन्न भएको भएको थियो । औपचारिक कार्यक्रम युक्रा न्युयोर्क च्यापटरकी अध्यक्ष ममता खालिङको अध्यक्षतामा सम्पन्न भएको थियो भने बिशेष अतिथीमा कलेज पईन्ट सिभिक एसोशिएसनका अध्यक्ष तथा हामी नेपाली ग्लोबल अमेरिकाका बरिष्ठ उपाध्यक्ष नवराज केसी एवम् एन.आर.एन.ए. अमेरिकाका नव निर्वाचित अध्यक्ष हेमन्त मल्ल थिए। अतिथिहरुमा युक्रा न्युयोर्क च्यापटरको सल्लाहकार तथा बरिष्ठ नृत्य निर्देशक गोविन्द राई,जनजाति महासंघ अमेरिकाका सभामुख शुवर्ण शाक्य, वृहत्तर सूदूरपश्चिम नेपाली समाज अमेरिकाका अध्यक्ष टंक भण्डारी, वृहत्तर सूदूरपश्चिम नेपाली समाज अमेरिकाका कोषाध्यक्ष मनोज जंग कुवँर, माइनटरी ईम्पावरमेन्ट नेटवोर्कका अध्यक्ष श्याम कार्की,रोटरी क्लव न्युयोर्क,कुईन्सका अध्यक्ष हंसराज जोशी, हामी नेपाली ग्लोबल्का अमेरिका च्यापटर अध्यक्ष लकेश श्रेष्ठलाई आसन ग्रहण गरीएको थियो।

उक्त कार्यक्रममा युक्रा न्युयोर्क च्याप्टरकी वरिष्ठ उपाध्यक्ष वसन्ती राईले स्वागत तथा शुभकामाना मन्तव्य दिएकी थिइन। त्यसपछी बिशेष अतिथिबाट पानासमा बात्तिबलेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमको उत्घाटन भए संगै अतिथी, बिशेष अतिथीहरूले शुभकामना तथा मन्तव्य दिएका थिए । 

मन्तब्यका क्रममा बिशेष अतिथी नवराज केसिले नेपाली जहाँ जहाँ भए पनि आफ्नो सांकृतिक नभुल्ने, प्रत्यक  चाड पर्बमा नेपालीको प्रस्तुतिले नेपालको परिचय दिने र नेपालीको सांकृतिलाई विश्वले चिन्ने मौका पाउने आफुलाई  नेपाली भएकोमा गर्व लागेको बताउदै सम्पूर्ण नेपालीलाई बलिहाङ चाडको शुभकामना दिए।यसैगरी अर्का बिषेश अतिथी एनआरएनए अमेरिकाका नवनिर्वाचित अध्यक्ष हेमन्त मल्लले पनि सम्पुर्ण नेपालीहरूलाई भाइचरा, सद्भाव, समृद्दी,सुस्वास्थ्य एवम् दिर्घायुको शुभकामना व्यक्त गरेका थिए। त्यसै गरी बृहत्तर सूदूरपश्चिम नेपाली समाजका अध्यक्ष टिबी भन्डारीले नेपाल मात्रै एउटा देश हो जो सांकृतिक बिविधताले धनी देश हो। विषेशगरी आदिवासी जनजातीले आफ्ने संस्कार संस्कृती झल्काएर विश्वमा नेपाललाई परिचित गराईरहेको भन्दै संसारभरी छरिएर रहेका नेपालीलाई बलिहाङ चाड शुभकामना व्यक्त गरेका थिए। यसैगरी अन्य थुप्रै अतिथीहरुले बलिहाङ चाडको अवसरमा शुभकामना व्यक्त गरेका थिए। शुभकामना मन्तव्य कार्यक्रम सकिने वितिकै युक्रा न्युयोर्क च्याप्टरकी अध्यक्ष तथा उक्त कार्यक्रमको सभाध्यक्ष ममता खालिङ राईले औपचारिक कार्यक्रमको समापन गरेकी थिइन। उक्त कार्यक्रम युक्रा न्युयोर्क च्याप्टर महासिचव बिके राई (सन्तोष)ले संचालन गरेका थिए। 

औपचारिक कार्यक्रमको समापन संगै युक्रा न्युयोर्क च्याप्टरकी  वरिष्ठ उपाध्यक्ष तथा कलाकार संघ अमेरिकाकी अध्यक्ष वसन्ती राईले नृत्य प्रस्तुत गरेकी थिइन। उक्त नृत्य पछी लगातार देउसि-भैलो तथा संस्कृतिक कार्यक्रममा नाचगानका  साथ उपस्थित सबैले भरपुर मनोरन्जन लिएका थिए कार्यक्रम करिब बिहान ४ः०० बजे सम्म चलेको थियो।

images
प्रकाशित मिति :मंसिर ६, २०८० बुधवार - २०:३७:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend