दिनेश घिमिरे
१० मसिर, पाल्पा
पाल्पामा जन्मेका वा कर्मथलो बनाएर हाल अमेरिका बसोबास गरिरहेका व्यक्तिहरुले अमेरिकाको टेक्सास राज्यस्थित डालस सिटिको युलेस भन्ने स्थानमा पाल्पाली संगम टेक्सास अमेरिकाको संयोजनमा बनभोज कार्यक्रमका संयोजक शिव काफलेको संयोजकत्वमा यहि डिसेम्बर २५ (मसिर ०९,२०८०) बनभोज तथा आपसी भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
पाल्पालीहरुको अमेरिका बसाईमा परम्परा, सस्कृति, चिनारी र आपसी परिचय, एक्यबद्धता, एकता र आपसी सहयोग बढाउन सकिन्छ भन्ने उद्धेश्य यस भेलाले लिएको थियो । यस भेलामा करिव २५० जनाको उपस्थिति रहेको थियो । उक्त भेलामा डालस तथा डालस नजिकको ओक्लोहमा ह्युस्टन अस्टीन लगाएतका शहरहरुबाट पाल्पालीहरुको सहभागी हुनुभएको थियो भने त्यस स्थानमा लगभग १५०० पाल्पालीहरु बसोबास गरिरहेको अनुमान छ।

पाल्पाली सस्कृति, परम्परा साटासाट गर्न लागी पाल्पाली परमपरागत नाचगान गरि पाल्पाली प्रख्यात चुकौनी, सेलरोटी, बटुक, पकौडा लगाएतका परिकार पनि बनाइएको थियो । भेलामा पाल्पाली संगम अमेरिकाले गरेका गतिविधिको बारेमा छलफल गरिएको थियो र आगामी दिनमा जन्मभुमी पाल्पामा के कसी सहयोग सहकार्य गर्न सकिन्छ भनी छलफल गरियो ।
शिव काफलेले संयोजन गर्नुभएको भेलामा डा. सन्दिप पाण्डे, युधिष्ठिर नेपाल, टंक अधिकारी, कुलबहादुर विक, नारायण पौडेल, नविन भण्डारी, अर्जुन पौडेल, यादव खनाल, विलास उपाध्याय, बाबुराम देवकोटाले मुख्य जिम्मेवारी लिनुभएको थियो भने कार्यक्रम सन्चालन टंक अधिकारीले गर्नुभएको थियो ।

उक्त भेलामा लुम्बिनी सेवा समाज डालसका अध्यक्ष जगदीश प्रसाद न्यौपाने, समाजसेवी बाबुराम पाण्डे, लायन्स कल्ब टु एक्स वनका फस्ट डिस्ट्रिक गर्भनर राधाकृष्ण काफले, एनआरएनएका उपाध्यक्ष नेत्र पाण्डे नेपाल रेडक्रस सोसाइटी पाल्पाका मन्त्री केशवराज नेपाल, नुरराज बस्याल र मोहन बतिला लगाएतले शुभकामना दिनुभएको थियो । पाल्पाली संगम टेक्सास संयोजक शिव काफलेले उपस्थित सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै पाल्पालीहरुको भेला गर्ने जानकारी गराउनुभयो ।
पाल्पाली संगमका पूर्ब सल्लाहकार बिष्णु खनाल, पाल्पाली संगम अमेरिकाका अध्यक्ष महेश भट्टराई र संगमका अन्तराष्ट्रिय संयोजक सतीश चापागाईले भेलालाई शुभकामना सन्देश पठाउनु भएको थियो ।

