Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

परदेशी २ अमेरिकाका विभिन्न सहरहरुमा प्रदर्शन हुदै

परदेशी २ अमेरिकाका विभिन्न सहरहरुमा प्रदर्शन हुदै

नेप्लिज डायस्पोरा

१२, मंसिर २०८०
images
परदेशी २ अमेरिकाका विभिन्न सहरहरुमा प्रदर्शन हुदै

नारायण रायमाझी निर्देशित नेपाली चलचित्र ‘परदेशी-२’ अमेरिकाका विभिन्न सहरमा प्रदर्शनको मिती तय भएको छ ।

चलचित्र अब ग्रीन्सबोरो उत्तरी क्यारोलिना, डलास, टेक्सास र शिकागो इलिनियोजमा प्रदर्शन भइरहेको छ।

यो चलचित्र ओहायोका तीन सहर सिनसिनाटी, कोलम्बस र क्लिभल्याण्डमा यो साताको अन्त्यमा रिलिज हुनेछ ।

डिसेम्बर १० मा डेनभर कोलोराडोमा चलचित्रको विशेष स्क्रिनिङ हुनेछ। अमेरिकाका अरु धेरै सहरहरूमा प्रदर्शनको तयारी भईरहेको अमेरिकाका बितरक प्याट्रिक सुवेदीले जानकारी दिएका छन् । केही राज्यका मिती र स्थान आगामी हप्तामा घोषणा गरिनेछ।

चलचित्र प्रदर्शनका लागी निर्देशक नारायण रायमाझी अमेरिका आईसक्नु भएको छ । निर्देशक रायमाझी कतिपय हलहरुमा आफै पुग्ने प्रयासमा हुनुहुन्छ । चलचित्रका कलाकार दिलिप रायमाझी र कृष्ण कंडेल अमेरिका मै रहेकाले उहांहरुको पनि केही हलमा उपस्थिती रहने बताईएको छ । त्यस्तै गीतकार सतीश चापागाई पनि उपस्थित हुन सक्ने बताईएको छ ।

images
प्रकाशित मिति :मंसिर १२, २०८० मंगलवार - ०२:०१:०० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend