तस्वीर श्रोत: अनलाईन खबर
काठमाडौं । अमेरिकामा सन्तान जन्माउने योजनासहित अभिनेत्री रेखा थापा अमेरिका उडेको बताईएको छ । पति बलराम शाहीसहित उनी शुक्रबार अमेरिका पुगिसकेकी हुन् ।
लामो समय नेपाली चलचित्रमा सक्रिय नायिका रेखा थापा राष्ट्रवादी भनेर चिनिएको पार्टीकी केन्द्रिय नेता र अघिल्लो निर्वाचनमा टिकट नै पाएकी नेता पनि हुन् ।
केही बर्ष अगाडी अमेरिका घुमेर नेपाल फर्किएपछि 'अमेरिकामा धेरै नेपाली होमलेस रहेछन' भनेर भनेपछि विवाद र चर्चामा आएकी थिईन ।
अमेरिका आएकी रेखाले सनिबार बिहान श्रीमानको जन्मदिन सेलिव्रेसन गरेको तस्वीर पनि पोस्ट गरेकी छन् ।
अमेरिका उड्नुअघि उनले नेपालको अनलाइनखबरसँगको कुराकानीमा अमेरिकामा ‘बेबी प्लान’बारे कुरा गर्दै यसबारे संकेत दिएकी थिइन् ।
अमेरिकामा ‘बेबी प्लान’ आफ्नो भन्दा पनि श्रीमानको चाहनामा हुन लागेको उनले बताएकी थिइन् । रेखाका श्रीमानको परिवार अमेरिका बसोबास गर्दै आएको छ ।
काठमाडौंबाट बुधबार राती अमेरिकातर्फ उड्नुअघि रेखा र बलरामले ‘प्रेगनेन्सी फोटोसुट’ पनि गरेका बुझिएको छ ।
रेखा अमेरिकामा ५ महिना बस्नेछिन् । चिकित्सकले रेखालाई माघको डेलिभरी डेट दिएका छन् । यसको अर्थ रेखा आगामी फिल्म ‘उपहार’को रिलिजको समयमा अमेरिकामै हुनेछिन् । भर्चुअल माध्यमबाटै फिल्मको प्रचार गर्ने उनको तयारी छ ।
राष्ट्रवादको चर्को कुरा गर्ने सेलिब्रेटीमा नायिका रेखा थापा पनि पर्छिन । तर बिबाह गरेर हनिमुन मनाउन पनि कतै नगएकी नायिका रेखाले बच्चा जन्माउन कै लागि अमेरिकालाई छानेपछि अहिले विवाद र गसिपको पात्र बनेकी छिन् ।