पत्रकार तथा लेखक नेत्र पन्थीको पुस्तक लेफ्ट-राईट माथी अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पुस्तकका लेखक पन्थीले पुस्तक लेखनको कारण र उद्देश्यका बारेमा जानकारी गराएका थिए । व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएपछि परिवर्तनका नायकहरुमाथी आफूले गरेको पन्थीले बताए ।
नेपालमा लामो समय पत्रकारिता गरेर दुई दशकदेखि अमेरिका बस्दै आएका पत्रकार तरुण पौडेलले पुस्तकले देखाउन खोजेको बिषयवस्तु जनउपयोगी हुने विश्वास व्यक्त गरे । सोही कार्यक्रममा राजनीतिक विश्लेषक वासुदेव पोखरेलले पुस्तकले नेपाली राजनीतिको कोर्स करेक्सनमा सहयोग पुर्याओस भन्ने शुभकामना व्यक्त गरे ।
पुस्तक र लेखकका बारेमा पत्रकार गोकुल श्रेष्ठले प्रकाश पारेका थिए । पत्रकार नारायण पौडेलले लेखक पन्थीलाई नजिकबाट चिनेको बताउदै यो पुस्तकबाट लेखकले नेपाली राजनीतिभित्रको अराजनीतिलाई चिरफार गर्न सफल भएको हुनुपर्छ भन्ने विश्वास व्यक्त गरे ।
नेप्लिज डायस्पोरा डटकमका संचालक तथा प्रधान सम्पादक सतीश चापागाईले कार्यक्रममा सहजिकरण गर्दै लेखकसंग जिज्ञासाहरु पनि राखेका थिए ।
एक महिना लामो भ्रमणमा अमेरिका आएका लेखक पन्थीले न्यु योर्कमा पनि पुस्तकमाथी चर्चा र भेटघाट कार्यक्रम गरिसकेका छन् ।
उनको अर्को कार्यक्रम टेक्सास राज्यमा गर्ने तयारी भईरहेको बताईएको छ ।
