नेपाली समाज टेक्सस(एनएसटि)को अध्यक्षमा दोश्रो पटक राजेन्द्र वाग्ले बिजयी भएका छन् ।
हिजो शनिबार डिसेम्बर १६ का दिन सम्पन्न भएको निर्वाचनमा वाग्लेले ८ सय ८५ ले मत प्राप्त गरि बिजयी भएका हुन ।
दुईहजार ५ सय १२ जना सदस्य मध्य हिजो सम्पन्न निर्वाचनमा १ हजार ५ सय ६४ मत मात्र खसेको थियो ।
उनका निकटतम प्रतिष्पर्धी अध्यक्ष पदका उम्मेदवार कमल सत्यालले ६ सय ११ मत प्राप्त गरेका छन् ।
त्यस्तै, बरिष्ठ उपाध्यक्षमा जनक भण्डारी, उपाध्यक्षमा बलराम पौडेल, महासचिबमा बिजय भुसाल सचिवमा पुन्य पाण्डे, कोषाध्यक्षमा रामकृष्ण यादब र सह कोषाध्यक्षमा गोबिन्दराज जोशी निर्बाचित भएका छन ।
निर्वाचन समितिका अनुसार खेलकुद सँयोजकमा निलेश श्रेष्ठ तथा युवा बिद्यार्थी सँयोजकमा प्रबिश श्रेष्ठ निर्बाचित भएका छन । सदस्यहरुमा रमेश अधिकारी, राधिका खराल, जिवलाल भुसाल तथा राधा पौडेल अधिकारी बिजयी भएका छन् ।
त्यस्तै महिला उपाध्यक्षमा साबित्री भण्डारी र महिला सँयोजक पदमा शान्ता गिरी निर्बिरोध निर्बाचित भई सकेका थिए ।
दुई फरक प्यानलबाट उमेद्वारी परेपनि नतिजा मिश्रीत रुपमा आएको छ ।
नवनिर्वाचित अध्यक्ष वाग्लेले सामाजिक संजालमा आभार व्यक्त गर्नुको साथै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् ।
वाग्ले लेख्छन : “सँस्थाको बिधान बमोजिम हरेक दुई वर्षमा सँस्थालाई नेतृत्व प्रदान गर्न लोकतान्त्रिक बिधिबाट नेतृत्व चयन गर्ने गरिन्छ । यसले समुदायलाई थप बलियो बनाउदै गएको र सँस्थामा नेतृत्व बिकास पनि हुँदै गएको छ । नेपाली समाज टेक्ससको सुन्दर पक्ष भनेको निर्बाचनमा प्रतिष्पर्धा भएपनि निर्बाचन पश्चात बिजेता र उपबिजेतासँगै हातेमालो गर्दै समुदायको लागि सेवामा जुट्ने गर्दछन ।”