Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

न्युयोर्कको शेर्पा किदुकको हलमा चासोक् तङनाम मनाईयो

न्युयोर्कको शेर्पा किदुकको हलमा चासोक् तङनाम मनाईयो

नेप्लिज डायस्पोरा

१०, पौष २०८०
images
न्युयोर्कको शेर्पा किदुकको हलमा चासोक् तङनाम मनाईयो

कियाचु अमेरिकाद्वारा २३ डिसेम्बर २०२३ का दिन आयोजित चासोक् तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहर स्थित शेर्पा किदुकको हलमा भब्यताका साथ सम्पन्न भएको छ । औपचारिक एवं डिजे गरि दुई खण्डमा सम्पन्न भएको कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका सचिव घनेन्द्र मावो  र दोश्रो खण्ड संस्थाका पूर्व सचिव राम सोदेम्बा ज्युले संचालन गर्नु भएको थियो । 

IMG_4342.jpeg

कियाचु अमेरिकाका वरिष्ठ उपाध्यक्ष सरोज थाङ्देन् अध्यक्षतामा संचालित कार्यक्रममा अधिवक्ता तथा किरात याक्थुङ् चुम्लुङ् अमेरिका कानुनी सल्लाहकार श्री दुर्गा सुब्बा मेन्यङ्बो ज्युको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कियाचु अमेरिकाका संस्थापक अध्यक्ष श्याम मेन्याङ्बो  विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो साथै कियाचु अमेरिकाका तुम्यहाङहरु मदन सम्बहाम्फे,केशर माङ्देन,प्रेम मेन्यङ्बो(तुम्भक्सा),पुस्पलता थाम्सुहाङ्,बिमला पोमु र शिभ लाबुङ ज्युहरुको उपस्थिति सम्पन्न भएकोथियो।

IMG_4343.jpeg

याक्थुङ लिम्बुका सन्तानका रुपमा जन्म लिई आ-आफ्नो विशिष्ट कर्म, त्याग, त्याग, तपस्या, बलिदान र योगदानले नेपालको राष्ट्रीय विभुतिको रुपमा रहनु भएका विभुतिहरुको तस्विरमा माल्यार्पण र चासोक् पुजागरी शुरु भएको कार्यक्रममा नेपाल तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रीय गानको प्रस्तुति पश्चात संस्थाका उपाध्यक्ष विवश माङ्मुले आमन्तृत सम्पुर्ण अतिथि एवं महानुभवहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो । 

 

कियाचु अमेरिकाका सदस्य सजना एभेङ ज्युको सम्योजकतामा कियाचु अमेरिकाको बालबालिकाहरुलाइ सहभागी गरएर पहिलोपल्ट याक्थुङ् बिभुतीहरुको बारेमा ज्ञान हुने हेतुले चित्रकला अभ्यास गराइयेको थियो।विभिन्न तह तप्का र भुमिकामा रही तन मन बचन र कर्मले विशिष्ट सहयोग पुर्याउनु भएका महानुभावहरु पुस्पलता थाम्सुहाङ् , सरस्वती कन्दङ्वा,सजना एभेङ् ममता सुब्बा लाबुङ् ,पूर्ण खिम्दिङ् र सजना योङहाङ लिम्बुलाई वहाँहरुले संस्थाको वृत्ति विकासका लागि पुर्याउनु भएको योगदानको कदर स्वरुप प्रमुख अतिथि, विशिष्ट अतिथिहरु मार्फत दोसल्लाका साथ सम्मान पत्र प्रदान गरि अभिनन्दन गरिएको थियो । चासोक्  तङनामको पहिलो खण्डको अन्त्यमा संस्थाका उपॉधक्ष सरोज थाङ्देन्  चासोक्  तङनाम सम्पन्न गर्न विभिन्न भुमिकामा रहेर सहयोग गर्नु हुने संस्थाका सम्पुर्ण पदाधिकारी ज्युहरु, प्रायोजक ज्युहरु, प्रमुख अतिथि ज्यु, विशिष्ट अतिथिहरु ज्यु, अतिथि ज्युहरु, क्यामेरा म्यान ज्युहरु, संचारकर्मी ज्युहरु, खाना उपलध गराईदिने गोर्खाली रेस्टुरेन्ट प्रति आभार, कृज्ञता एवं धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गर्नु भएको थियो । 

IMG_4344.jpeg

 

चासोक्  तङनामको दोश्रो खण्डको कार्यक्रममा संस्थाका संस्कार संस्कृति विभाग संयोजक कुवेर वनेम एवं किरात याक्थुङ चुम्लुङ नेपालका भुतपुर्व केन्द्रीय महासचिव तथा कियाचु अमेरिकाका पुर्व सल्लाहकार लिला सिंघकको नेतृत्व र संस्थाका रुपा याक्खा, सन्ध्या कन्दङवा, शिव लाबुङ, प्रेम मेन्याङबो,धन योङ्हाङ् ,पुस्पलता थाम्सुहाङ् र सुबास चोङ्बाङ् र सरस्वती कन्दङ्वा ज्युहरुको सहयोगमा याक्थुङ लिम्बु समुदायको मौलिक नाच केलाङ (च्याब्रुङ नाच) यालाङ (धान नाच) र हाक्पारे ,रैथाने ख्यालीप्रस्तुत गरिएको थियो । चित्रकला प्रदर्शनिमा सहभागि हुनुभएका बालबलिकाहरु ,  निङवा चेम्जोङ् , प्राची लिम्बु बिसुङ्खे, सेलिना ओख्राबो ,लावोट लिङ्देन् , साक्निम इङ्नाम र डिन दुरेन लिम्बुलाई संस्थाको उपाध्यक्ष सरोज थाङ्देन् ज्युबाट प्रमाण पत्र वितरण गरिएको थियो भने ममता सुब्बा लाबुङ, भिमा देवान गायिका लिला सिङ्गक , प्राची बिसुङ्खे लिम्बु ,( ग्रुप ब्यान्ड रेमोस अधिकारी आयुश खत्री र नामहाङ् लिबाङ् )राम  सोदेम्बा र बिरेन्दहाङ लाबुङ लगायतले धमाकेदार नृत्य एवं गायन प्रस्तुत गरी उपस्थित महानुभावहरुलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।

images
प्रकाशित मिति :पौष १०, २०८० मंगलवार - १०:११:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend