तस्वीरहरु सौजन्य: नाम्लो ईभेन्ट्स
यूवा पुस्ताका माझ अति नै लोकप्रिय रहेका यायक सज्जनराज वैद्यको कन्सर्ट अमेरिकाको मेरिल्याण्डमा सम्पन्न भएको छ ।
कन्सर्टमा वैद्यले दर्जनौं गीत गाएर आफ्ना दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । दर्शकहरु शुरुदेखि अन्त्यसम्म नै उनका गीतमा झुमेका देखिन्थे ।

कन्सर्टको शुरु मै नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्सनले कन्सर्टको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । थम्सन निम्तो बिना नै कन्सर्ट हेर्न आएको आयोजकले बताएका छन् । थम्सनको उपस्थिती र व्यक्त गरेको शुभकामना मन्तव्यबाट आयोजक, गायकको टिम मेम्बर र उपस्थित दर्शकहरुलाई भिन्दै सरप्राईज हौसला मिलेको आयोजक रमेश भट्टले नेप्लिज डायस्पोरालाई बताए ।
२ हजार दर्शक क्षमताको हलमा झण्डै १७ सय दर्शक आएको आयोजक एभरेष्ट ईन्टरटेन्मेन्टका रमेश भट्ट नेपाली छोरोले जानकारी दिए ।

अमेरिकाको डिसी महानगर क्षेत्रको मेरिल्याण्ड राज्यको सिल्भर स्प्रिगंमा रहेको फिलमोर हलमा कन्सर्ट भएको थियो । कन्सर्टको आयोजना मेरिल्याण्डको एभरेष्ट ईन्टरटेन्मेन्ट र भर्जिनियाको ई-पिक ईन्टरटेन्मेन्टले संयुक्त रुपमा गरेका हुन् ।

गायक वैद्यले अमेरिकामा प्रस्तुती दिएको यो तेस्रो कार्यक्रम हो । उनले यसअघि टेक्सासको डालास र न्यू योर्कमा प्रस्तुति दिईसकेका थिए । डालासमा २५ सय र न्यू योर्कमा २८ सय दर्शकले सहभागी भएको बताईएको छ । ठमेल न्यूयोर्क नामक संस्थाले उनलाई अमेरिकाका बिभिन्न राज्यहरुमा कन्सर्टको व्यबस्थापन गरेको छ ।
अत्यधिक रुपमा खचाखच भिड रहेको उक्त सांगीतिक कार्यक्रमले अहिले सम्मका सबै कृतिमानलाई तोडेको छ । अधिकांश यूवा दर्शकहरुको उपस्थिति रहेको कन्सर्टमा सहभागी सबैले गायक वैद्यसंगै सबै गीतमा स्वरमा स्वर मिलाएका थिए ।

टिकट मुल्य १सय ३ र १ सय ४५ डलर राखिएको थियो ।भने डिसी क्षेत्रमा बिहानैदेखि बिशाल वर्षा र चिसोको परवाह नगरी आफ्ना प्रिय र मन परेका गायकका गीत सुन्न दर्शकहरु केही टाढाका स्टेटहरु ओहायो र डेलाबरबाट घण्टौं गाडी चलाएर आएको बताईरहेका थिए ।
अहिलेसम्म डिसी क्षेत्रमा सम्पन्न भएका सबै कार्यक्रम मध्ये कै सज्जन राज वैद्यको कन्सर्ट उच्च राशीको भएको आयोजक संस्थामध्येको एक ई-पिक ईन्टरटेन्मेन्ट अभिजित राईले जानकारी दिए ।
कन्सर्टबाट भएको नाफाको केही रकम आयोजकहरुले मेरिल्याण्डको साथी बाल्टिमोर र भर्जिनियाको एभरेष्ट लायन्स फ्रेण्डसीप एशोसियसन (एल्फा)लाई सहयोग गर्ने बताएका छन् ।

