Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मगर संघ अमेरिका म्यासाचुसेट्स च्याप्टरको अध्यक्षमा देवराज पुन मगर

मगर संघ अमेरिका म्यासाचुसेट्स च्याप्टरको अध्यक्षमा देवराज पुन मगर

नेप्लिज डायस्पोरा

२४, पौष २०८०
images
मगर संघ अमेरिका म्यासाचुसेट्स च्याप्टरको अध्यक्षमा देवराज पुन मगर

मगर संघ अमेरिकाको सम्पुर्ण अमेरिकाबासी मगरहरुलाई संघको एउटै छातामिनी गोलबद्व गर्ने अभियानको क्रममा  मगर संघ अमेरिकाको सातौँ च्यापटरको रुपमा मगर संघ अमेरिका म्यासाचुसेट्स च्याप्टर गठन भएको छ |

जनवरी ०७ , २०२४ को दिन बोस्टन शहरमा म्यासाचुसेट्स राज्यका मगरहरुको एक ऐतिहासिक भेलाले  बोस्टन  निवासी देवराज पुन मगरको अध्यक्षतामा १५ सद्सिय कार्यसमिति गठन गरेका छन | 

IMG_4702.jpeg

 मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष यम पुन मगर , बरिष्ठ उपाध्यक्ष दिप सागर बुढा मगर , सचिब पुर्ण बहादुर पाइजा मगर , निवर्तमान अध्यक्ष तथा सल्लाहकार कुलदिप राना मगर ,  मगर संघ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष अमृत रोका मगर , उपाध्यक्ष सुसाङ बुढा मगर , सचिब रत्न सिङ गर्बुजा मगर र आजिवन सद्स्य तथा चर्चित गायक सुमन बुढा मगरको उपस्थिमा मगर संघ अमेरिका म्यासाचुसेट्स च्याप्टर गठन गरिएको हो | 

  मगर संघ अमेरिका  म्यासाचुसेट्स च्याप्टर घोषणा सभाको समुदघाटन समारोहमा संस्थाको इतिहास , बिधि र प्रकृयाको बारेमा निवर्तमान अध्यक्ष तथा सल्लाहकार कुलदिप राना मगरले , केन्द्रीय समितिको च्याप्टर बिस्तार अभियान र कार्ययोजनाको बारेमा अध्यक्ष यम पुन मगर र च्याप्टरले गर्ने काम कर्तव्य , च्याप्टरका अधिकार र च्याप्टर भएपछिका त्यो राज्यका मगरहरुलाई जोड्न सकिने सजिलोका बारेमा न्युयोर्क च्याप्टरका अध्यक्ष अमृत रोका मगरले  मन्तव्य राखेका थिए |  

मगर संघ अमेरिका म्यासाचुसेट्स च्याप्टरको नव गठित कार्यसमिति निम्न रहेको छ |

अध्यक्ष : देवराज पुन मगर 

उपाध्यक्ष : कुसमाया थापा मगर 

 सचिब : बिकास थापा मगर 

सह - सचिब : मनोज कुमार पुन मगर 

कोषाध्यक्ष : राखी कुमारी पुन मगर 

सह - कोषाध्यक्ष  : तारा पाइजा मगर 

 

सद्स्यहरु 

------

१- अमन थापा मगर 

२- होमेन्द्र बुढा मगर 

३- उमाकन्त पुन मगर 

४- टिका पुन ( श्रीष ) मगर 

५- बिनोद बुढा मगर 

६- राज पुन मगर 

७- प्रेम थापा मगर 

८- सुमित्रा रोका मगर 

९- मुगा थापा मगर 

 

 

  नव निर्वाचित कार्यसमितिको सपतग्रहण संगै नव अध्यक्ष देवराज पुन मगरले म्यासाचुसेटस राज्यका सम्पुर्ण मगरहरुलाई गोलबद्व गर्दै मगर भाषा , संस्कार , संस्कृति संरक्षण अनि पुस्तान्तरण गर्ने , म्यासाचुसेट्स राज्यका अन्य संस्थाहरु संग भाइचाराको सम्बन्ध राख्ने र म्यासाचुसेट्स च्याप्टरको शिर उच्च राख्न हर प्रयास गर्ने प्रतिबद्वता जनाएका छन | 

मगर संघ अमेरिकाले सन २०१६ देखि केन्द्रीय समिति र च्याप्टरको अवधारणा अगि सार्दै हाल सम्म न्युयोर्क , न्युजर्सी , टेक्सास , डिएमभी ( डिशी , मेरिल्याण्ड र भर्जिनिया ) , कोलोराडो र इलिनोइ गरि मगरहरुको बाक्लो उपस्थित रहेको ६ राज्यमा च्यप्टर गठन गरिसकेको छ र सातौँ च्याप्टरको रुपमा म्यासाचुसेट्स च्याप्टर गठन गरिएको छ |

images
प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - २०:०८:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend