Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

अब हांस्छ अमेरिकाको न्यु योर्क कार्यक्रम जनवरी १९ मा

अब हांस्छ अमेरिकाको न्यु योर्क कार्यक्रम जनवरी १९ मा

नेप्लिज डायस्पोरा

२९, पौष २०८०
images
अब हांस्छ अमेरिकाको न्यु योर्क कार्यक्रम जनवरी १९ मा

नेपालका चर्चित ८ हास्य कलाकारहरुको साथमा आगामी जनवरी १९ तारिख शुक्रबार कमेडी नाइट हुने भएको छ ।


‘अब हाँस्छ अमेरिका’ नारासहित अमेरिकाका विभिन्न सहरमा दर्शकलाई हँसाउन कलाकारहरुको टोली अमेरिकाको यात्रामा छ । न्युयोर्कमा हुने ‘अब हाँस्छ न्युयोर्क’ कमेडी नाइटको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको हो ।


बिदेशमा कामको तनाव, समयको अभाव, सबै प्रकारको समस्यालाई केही छिन भएपनि हास्य मनोरञ्जनको माध्यामबाट मन मस्तिस्कलाई शान्त पार्दै मज्जाले हंसाउने   उद्देश्यसहित कार्यक्रमको डिजाईन गरिएको कार्यक्रमको संयोजन गरिरहेका विनोद अधिकारी बताउंछन । 


उक्त कमेडी नाइट न्युयोर्कको क्वीन्सस्थित उडसाइडमा रहेको टिबेटेन कम्युनिटी सेन्टरमा बेलुका ७ बजेदेखि राति १२:०० बजेसम्म हुनेछ । 

 

कार्यक्रममा हास्यकलाकारहरु सन्दिप क्षेत्री, सुमन कार्की, विष्णुप्रसाद (मेक्सम) गौडेल, साजन श्रेष्ठ, कैलाश कार्की, सन्तोष थापा, भरतमणी पौडेल, सुमन कोइरालाको प्रस्तुति रहनेछ। साथै कार्यक्रमको ध्वनि नियन्त्रण र साँगितिक समायोजन न्युयोर्कका चर्चित डिजे एलएसले गर्ने भएको छ ।

 

जनरल टिकटको मूल्य ७० डलर र भीआईपी १०० डलर तोकिएको छ । भीआईपी १०० डलरको टिकटमा मिट एण्ड ग्रिट र एउटा नि:शुल्क पेयपदार्थ समावेश रहेको छ । टिकट र सामुहिक प्याकेजका लागि विनिता तामाङ र मनिता गुरुङलाई ३४७ ५१० २१७३ र ६४६ ९२५ ७२३७ मा पनि सम्पर्क गर्न सकिन्छ ।


साथै नियमित टिकट अनलाइनबाट पनि किन्न सकिने व्यवस्था रहेको छ ।


एक महिना बढी चल्ने यात्रा न्युयोर्क लगायत अमेरिकाको १९ विभिन्न राज्यहरुमा कार्यक्रम हुने बताइएको छ। बिशुद्ध मनोरञ्जनात्मक कार्यक्रमको सफलताको लागि स्थानीय व्यवसायीहरुले पनि सहयोग गरेका छन् ।

images
प्रकाशित मिति :पौष २९, २०८० आइतवार - ०३:२२:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend