Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कांग्रेसको महासमिति बैठकमा अमेरिकाबाट जाने ६ जना प्रतिनिधिको नाम सार्बजनिक

कांग्रेसको महासमिति बैठकमा अमेरिकाबाट जाने ६ जना प्रतिनिधिको नाम सार्बजनिक

नेप्लिज डायस्पोरा

२०, माघ २०८०
images
कांग्रेसको महासमिति बैठकमा अमेरिकाबाट जाने ६ जना प्रतिनिधिको नाम सार्बजनिक

 

नेपाली कांग्रेसको महासमिति बैठकमा अमेरिकाबाट जाने ६ जना प्रतिनिधिको नाम सार्बजनिक भएको छ ।

 

जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र  नेम्बाङले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त नाम सार्बजनिक गरेका हुन् ।

 

नेम्बाङका अनुसार महासमिति बैठकमा आनन्द विष्ट, सभापति (पदेन सदस्य), धनन्जयनरसिंह केसी, मुनिन्द्र नेम्बाङ , गौतम दाहाल, बिध्यासागर योञ्जन, भरत अर्यालले जनसम्पर्क समिति अमेरिकाको प्रतिनिधित्व गर्ने छन्। 

 

महासचिवका अनुसार दुइ पटक  भर्चुअल बैठक बसेर सहमति जुटाउने प्रयास गरेता पनि हुन नसकेपछि महासमितिको छनौट गर्ने जिम्मा समितिले निर्वाचन समितिलाई दिएको थियो। 

 

निर्वाचन समितिका प्रमुख डाक्टर विनोद शाह, सदस्यहरु भक्त थापा, कृष्ण विष्ट, नवीन ओझा र दीपक गौतमको समितिले १४औं महाधिवेशन प्रतिनिधिहरू मतदाता  रहेको निर्वाचनमा महासमितिका लागि उमेदवारी दिएकाहरूको बीचमा निर्वाचन सम्पन्न गराई विजयी हुने महासमिति सदस्यहरूको  नामावली समितिलाई बुझाएको पनि  महासचिव मुनिन्द्र  नेम्बाङले जानकारी गराएका छन् । 

 

महासचिव मुनिन्द्र  नेम्बाङद्वारा जारी विज्ञप्ति 

 

आदरणीय साथिहरू 

जय नेपाल । 

यही २०८० साल फाल्गुन ७-१० गते काठमाण्डौमा हुने महासमितिको बैठकमा सहभागि हुनका लागि , नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समिति द्वारा २०८० माघ २ गते समितिलाई लेखेको पत्र अनुसार “नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाकी रहेको महासमिति सदस्यको नामावली नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा १४ ( ५ ) अनुसार २०८०/१०/२० गते भित्र चयन गरी  केन्द्रीय निर्वाचन समितिमा पठाउनु भनि दिएको निर्देशन बमोजिम समितिले  02/01/ 2024 गते चुनावी प्रकृया मार्फत महासमिति सदस्य छनौट गरी केन्द्रमा पठाउने कार्य सम्पन्न गरेको छ । यस अघि महाधिवेशन प्रतिनिधिहरूको बीचमा  सभापति आनन्द बिष्टले January को 28/30 गते दुइ पटक  भर्चुअल बैठक बसेर सहमति जुटाउने प्रयास गरेता पनि हुन नसकेपछि महासमितिको छनौट गर्ने जिम्मा समितिले निर्वाचन समितिलाई दिएको थियो। 

निर्वाचन समितिका प्रमुख डाक्टर विनोद शाह, सदस्यहरु भक्त थापा, कृष्ण विष्ट, नवीन ओझा र दीपक गौतमको समितिले १४औं महाधिवेशन प्रतिनिधिहरू मतदाता  रहेको निर्वाचनमा महासमितिका लागि उमेदवारी दिएकाहरूको बीचमा निर्वाचन सम्पन्न गराई विजयी हुने महासमिति सदस्यहरूको  नामावली समितिलाई बुझाएको हो । 

महासमिति छनौटका लागि चुनावी प्रकृया अपनाई सहजिकरण गरिदिनुभएकोमा निर्वाचन समितिलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ । साथै यस प्रकृयामा सहभागि भईदिनु हुने सबै महाधिवेशन प्रतिनिधी ( मतदाताको रूपमा )र महासमितिको लागि उमेदवारी दिनुहुने सबै प्रति समितिको तर्पबाट हार्दिक आभार प्रकट गर्दछौ ।चुनावी  प्रकृया मार्फत विजयीहुनुहुने सबै महासमिति सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्दछौ । धन्यवाद 

नेपाली जनसम्पर्क समिति अमेरिकाबाट बिजयी हुनुभएका महासमिति सदस्यहरूको नामावली यस प्रकार रहेको छ । 

  1. आनन्द विष्ट, सभापति (पदेन सदस्य)

2। धनन्जयनरसिंह केसी

3)मुनिन्द्र नेम्बाङ 

4)गौतम दाहाल

5)बिध्यासागर योञ्जन

6)भरत अर्याल

 

मुनिन्द्र  नेम्बाङ 

महासचिव 

नेपाली जनसम्पर्क समिति अमेरिका ।

images
प्रकाशित मिति :माघ २०, २०८० शनिवार - १९:३०:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend