Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

न्युर्योकमा भव्य रुपमा मनाए शेर्पाहरुले डुक्ल्हो ल्होसार

न्युर्योकमा भव्य रुपमा मनाए शेर्पाहरुले डुक्ल्हो ल्होसार

नेप्लिज डायस्पोरा

१६, फाल्गुण २०८०
images
न्युर्योकमा भव्य रुपमा मनाए शेर्पाहरुले  डुक्ल्हो ल्होसार

शेर्पा समुदायको महान चाड २१५१ औ सिङफो डुक्ल्हो ल्होसारको अवसर पारेर शेर्पा किदुग न्युयोर्कले वार्षिक ल्होसार विशेष कार्यक्रमको आयोजना गरियो । मौलिक शेर्पा सस्कृति झल्कने गरि आयोजना गरेको कार्यक्रममा बौद्ध धर्म गुरु लामा टुल्कु उर्गेन शेर्पा, प्रमुख अथिति सस्थापक अध्यक्ष सोनम जी  शेर्पा अध्यक्छ्य तेम्बा शेर्पा र बोर्ड अफ त्रस्तीसको चेअर ल्हाक्पा रिन्जी शेर्पाले बुद्धको प्रतिमा सामु छयोमी बालि कार्यक्रमको उदघाटन गरेका थिए ।

नेपाली र अमेरिकी राष्ट्रिय गानासंगै शेर्पा बालबालिकाहरुले बौद्ध मन्त्रपाठसंगै कार्यक्रमको शुरुवात गरेका थिए । किदुगको महासचिव साङदोर्जि शेर्पाले औपचारिक कार्यक्रम्लाई अली फरक डङले रोचक रुपमा अथितिहरुको असान ग्रहन गराउदै  सञ्चालन गरेको कार्यक्रममा उपस्थित अतिथिहरुलाई किदुगका उपाध्याक्ष सांङबु शेर्पाले स्वागत मन्तव्य दिएका थिए ।

औपचारिक कार्यक्रम्लाई अध्यक्ष तेम्बा शेर्पाले अन्तिम रुप दिएको थियो  ।

दोस्रो चरानको सस्कृतिक कार्यक्रम्लाई पासांग शेर्पाले सन्चालन गरेको थियो ।

कार्यक्रममा खुम्बु गाउपालिका, शेर्वि रिग्सुङ लोप्टा र रामेछाप समाजका कलाकारहरुले मौलिक शेर्पा नृत्य सेब्रु प्रस्तुत गरेका थिए । त्यस्तै मिस मंगोल विजेता पासाङ डोल्मा, वाङदी शेर्पा, सानु शेर्पा , जेम्स डिनकाउपलिन र नेपालका सु प्रसिद्ध गायक शिव परियारले गीत गएर दर्सक्लाई मनोरजन दिएका  थिए ।  

दर्सकहरुको उपस्थिती धेरै बक्लो थियो ।

कार्यक्रममा किदुगले खेलकुद क्षेत्रमा योगदान पुर्‍याए वापत डिजे जाङबु शेर्पा र सोनाम शेर्पालाई सम्मान गरेका थिए । त्यस्तै मिस नेपाल नर्थअमेरिका विजेता जुब्लि शेर्पा र मिस मंगोल बिजेता पासाङ डोल्मा शेर्पालाई पनि शेर्पा किदुगले सम्मान गरेका थिए । कार्यक्रममा न्युयोर्कसिटिको कमिसनर अफ इमिग्रेसन एफेयस मिनाइनल कास्त्रो र एसेम्बलीम्यान स्टेफन रागा, किदुगका अध्यक्ष तेम्बा शेर्पा, प्रमुख अतिथि सोनाम शेर्पाले ल्होसारको शुभकामना दिएका थिए ।

साथै असेम्ब्ली मेम्बर स्टेवेन रागाले युनाईटेड शेर्पा अस्सोसिएसन इन्क न्युयोर्क सस्थालाई र नेपालको प्रसिद्ध ख्यती प्राप्त गयक शिव परियार  त्यस्तै मिस नेपाल नर्थअमेरिका विजेता जुब्लि शेर्पा र मिस मंगोल बिजेता पासाङ डोल्मा शेर्पालाई पनि असेम्ब्ली मेम्बर स्टेवेन रागाले सम्मान दिएको थियो. 

किदुगले ल्होसारको पहिलो दिन आफनै भवनमा करिब हजार जनाको उपस्थितिमा ल्होसार छेवाचि मनाएका थिए । ल्होसारको एक हप्तापछि शनिबार सम्पन्न यो ल्होसार पाटीपछि आगामी मार्च ९ मा सम्पुर्ण प्राणी जगतको हित कल्याणको लागी ग्याप्सी पुजा र अपि्रल १४ मा ल्हास्सो कार्यक्रम आयोजना हुन लागेकेा किदुगको महासचिव साङदोर्जि शेर्पाले  जानकारी दिए ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०८० बुधवार - १८:२२:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend