Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

राष्ट्रपति बाईडेनबाट पर्वत समाज अमेरिकाका अध्यक्ष रविन शर्मा सम्मानित

राष्ट्रपति बाईडेनबाट पर्वत समाज अमेरिकाका अध्यक्ष रविन शर्मा सम्मानित

नेप्लिज डायस्पोरा

२३, फाल्गुण २०८०
images
राष्ट्रपति बाईडेनबाट पर्वत समाज अमेरिकाका अध्यक्ष रविन शर्मा सम्मानित

मेरिल्याण्ड, अमेरिका ।

 

राष्ट्रपति बाईडेनबाट पर्वत समाज अमेरिकाका अध्यक्ष तथा अन्तराष्ट्रिय पर्वत समाजका अमेरिका संयोजक रविन शर्मा सम्मानित भएका छन् । उनलाई बाल्टिमोरमा आयोजित एक कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो । 

 

अमेरिकी राष्ट्रपति जो बाईडेनद्वारा हस्ताक्षरित प्रमाण पत्रमा समाजसेवी रविन शर्माले गरेका सामाजिक र मानवीय कामहरुको प्रशंसा गरिएको छ। शर्मालाई प्रमाण पत्र र मेडल प्रदान गरिएको छ । 

 

 

समाजमा ५३ सय घण्टा सामाजिक सेवा गरेको भन्दै शर्मालाई बाईडेन प्रशासनले सम्मान गरेको हो । 

 

रविन शर्मा दुई दशकदेखि अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा बसोबास गर्दै आएका छन् ।

 

नेपालको पर्वत जिल्लाको कुश्माका स्थायी बासिन्दा शर्मा नेपालदेखि नै सामाजिक क्षेत्रमा सक्रिय यूवा हुन् । उनले अमेरिकामा पनि शुरुदेखि नै विभिन्न सामाजिक संघसंस्थामा रहेर काम गरिरहेका छन् ।

 

"म अत्यन्त हर्षित छु । मैले गरेका सेवा कर्मलाई अमेरिकी राष्ट्रपतिद्वारा सम्मान गरिएको छ । मलाई समाजप्रति अझै जिम्मेवार भएर अघि बढ्ने प्रेरणा मिलेको छ ।" नेप्लिज डायस्पोरासंग रविन शर्माले भने ।

 

 

गीतकार सतीश चापागाईको प्रेमिल गीत 'तिम्रो मन कोमल छ'

 

 

 

 

images
प्रकाशित मिति :फाल्गुण २३, २०८० बुधवार - ०६:३४:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend