Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सामाजिक अभियन्ता टेक लामालाई सहयोगको लागि अपिल

सामाजिक अभियन्ता टेक लामालाई सहयोगको लागि अपिल

नेप्लिज डायस्पोरा

२४, फाल्गुण २०८०
images
सामाजिक अभियन्ता टेक लामालाई सहयोगको लागि अपिल

सामाजिक अभियन्ता टेक लामालाई गोफण्डमार्फत सहयोग गर्न अपिल गरिएको छ । हामी नेपाली ग्लोबलले यस्तो अपिल गरेको हो ।

 

विगत १४ बर्षदेखी लस एन्जलसलाई कर्मभुमी बनाएर बसोबास गर्दै आईरहनुभएको समाजसेवी लामालाई चौथो स्टेजको कोलोन क्यान्सर भएको बताईएको छ ।

१० वटा किमो लिईसकेका लामालाई अहिले आर्थिक समस्या भएकोले सहयोग उठाउनु परेको पनि बताईएको छ ।
गोफण्डमी मा सगयोग गर्न चाहेमा यो लिंक खोल्नुहोस :

https://gofund.me/bdc620f8

 

हामी नेपाली ग्लोबलले जारी गरेको विज्ञप्ति यस्तो छ:


सामाजिक अभियन्त टेक लामालाई सबैले सहयोग गरौ

 

क्यालिफोर्निया/ नेपालको पर्यटकिय तथा ऐतिहासिक जिल्ला नम्की अजिरकोट गाऊ पालिका वार्ड नम्बर ४ गोरखामा जन्मनुभएका टेक लामा क्यालिफोर्निया स्थित नेपाली समाजमा दयालु मन भएको समाजसेवीको रुपमा परिचित नाम हो ।

विगत १४ बर्षदेखी लस एन्जलसलाई कर्मभुमी बनाएर बसोबास गर्दै आईरहनुभएको समाजसेवी लामाको छुट्टै पहिचान र सामाजिक प्रतिष्ठा रहेको छ ।

सबैप्रति सहयोगको भावना राख्ने लामा तामाङहरुको सामुदायिक संस्था तामाङ सोसाईटी अफ लसएन्जल्स को अध्यक्ष पनि हुन्। तामाङ सोसाइटी अफ नर्थ अमेरिका केन्द्रीय समितिको  वरिष्ठा उपाध्यक्ष  भएर कम गरिरहेको छन । हामी नेपाली ग्लोबलको अन्तराष्ट्रिय उपाध्यक्ष समेत रहेका लामाले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति लगायत रिपोटर्स क्लब अमेरिका थुप्रै संस्थाहरुसंग आबध्द भई काम गरिसकेका छन् ।

 

कोलोन क्यान्सर बाट पिडित लामा सदैव अरुका लागि अग्रपङ्तिमा उभिएर सहयोग गर्दै आएका उनलाई यतिबेला भने मुख्यगरि आर्थीक एंव मानसिक सहयोगको खांचो रहेको छ ।

अहिलेसम्म उनले १० वटा केमोथेरापी लिईसकेको छ र अहिले पछिल्लो अबस्थामा भने स्वास्थ्यमा विभिन्न असरहरु (side effects)देखिएकोले उनले शारिरिक तथा मानसिक रुपमा कमजोर भएको महसुस गरिएको छ ।
हाल क्यान्सर पिडित लामाको परिवारमा ३ छोराछोरीहरु पढ्दै गरेको र आफुले विगत लामो समयदेखी काम गर्न नसकेको कारण आर्थीक संकट परेको द वल्ड नेपाल न्युजलाई अवगत गराएका छन् ।

 

लामाले अन्तराष्ट्रीय हामि नेपाली ग्लोबल मार्फत नेपालको बिभिन्न जिल्लाहरुमा समेत भुकम्प पिडित र बिदेशमा अलपत्र भएका विदेशी कामदारहरुको नेपालमा उद्धार गर्ने र बाढीपहिरोबाट पिडित परिवारलाई लाई राहत सहयोगमा महत्वपुर्ण योगदान दिदै सयौ व्यक्तिहरूलाई सहयोग गर्दै आउनु भएको थियो ।

तर यतिबेला उहांलाई हामी सबैको सहयोगको खांचो परेको छ सो कोलोन क्यान्सर बाट पिडित भएको लामालाई सिघ्र स्वास्थ लाभको कामना गर्दै, मानसिक रुपमा उहांको मनोबल उच्च बनाउन पनि हामी सबैले जुटेर आ-आफ्नो ठाउँबाट सहयोग गरौं, सबैको सांझा प्रयास र सहयोगले उहाँलाई पहिलेकै सामान्य अबस्थामा फर्काउन सकौ !

 

कोलोन क्यान्सर बाट पिडित भएको लामालाई सहयोग गर्न लसएन्जल्स स्थित नेपाल अमेरिका एकता समाजले गो फन्ड एकाउन्ट खोलेको छ, यसै तलको लिंक मार्फत सहयोगगरिदिनु हुन समेत सबैमा हार्दिक अनुरोध ! 

images
प्रकाशित मिति :फाल्गुण २४, २०८० बिहिवार - १७:०१:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend