Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

कुलमान घिसिङ्गको टोलीसँग अमेरिकाका नेपालीको अन्तरक्रिया

कुलमान घिसिङ्गको टोलीसँग अमेरिकाका नेपालीको अन्तरक्रिया

नेप्लिज डायस्पोरा

६, चैत्र २०८०
images
कुलमान घिसिङ्गको टोलीसँग अमेरिकाका नेपालीको अन्तरक्रिया

अमेरिका आई पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग तथा उनको टोलीसँग अमेरिकाको डिसी महानगर क्षेत्रका नेपाली समुदायले अन्तरक्रिया कार्यक्रम आयोजना गरे ।

उक्त टोलीमा नेपाल सरकारका उच्च पदस्थ पदाधिकारी (अधिकृत) हरू नेपाल सरकारको प्रतिनिधित्व गर्दै बिश्व बैंकको उर्जा सम्बन्धी कार्यक्रमको बैठकमा सहभागी हुन आएको मौकामा डिसी महानगर क्षेत्रका नेपाली समुदायले कुलमान घिसिङ्ग र टोलीसँग अन्तरक्रिया कार्यकमको आयोजना गरेको हो ।

कार्यक्रमको आयोजना यस क्षेत्रका रहेका अमेरिकाकै पुराना संस्थाहरु मध्येहरु राष्ट्रिय स्तरका एएनए ,एएनएस ,एएसएनइनजिआर ,एनआरएनए भर्जिनिया ,एएनएचएस ,ग्रेटर तामाङ्ग समाज डिसी,डिसीएनएफसी, एनएसीसी(न्याक ) लगायतहरु रहेका थिए ।

कुलमान घिसिङ्ग तथा उनको टोलीसँग बिशेष गरि नेपालको आर्थिक विकास निर्माण सम्बन्धी खासगरी ऊर्जाका क्षेत्रको सेरोफेरोमा समुदाय सदस्यहरुले अभिरुचीपूर्ण रुपमा जिज्ञाशा राखेका थिए । साथै उनले सबैको जिज्ञाशाको उत्तर दिएका थिए ।

कुलमानले सबै भन्दा पहिले बिद्युत प्राधिकरणका पूर्व कर्मचारीहरुको उपस्थिति रहेकोले आफ्नो मन्तब्य सुरु गर्दै आफ्नो सफलतामा उहाहरुको योगदान पनि रहेको भन्दै धन्यवाद दिए । त्यसलाई लिएर आफू अगाडी बढेको बताए ।

IMG_5873.jpeg

उनले चिलिमे जलबिद्युतमा काम गर्दाको अनुभव सुनाए । उनले त्यहाँका जनतालाई सहभागिता गराउन उनले गरेको भूमिकाको साथै स्थानीयहरुलाई नै रोजगारीमा प्रत्यक्ष संलग्न लगायतको कारण उक्त परियोजना सफल भएको बताए । साथै उनले राम्रो मानिसलाई त्यहाँबाट सरुवा नगरियोस भन्दै १ महिना हड्ताल समेत गरेको छोटोमा वर्णन गरे ।

उनले मन्तब्यकै क्रममा अहिले नेपालमा ९८ प्रतिसत पुगेको र हरेकघरमा बिजुली पुगेको जानकारी दिए । नेपालमा ६-७ बर्षमा बिद्युत उत्पादनमा झन्डै ४ गुना वृद्धि भएको र प्रसारण लाइन (मार्ग)८ हजार किमि बनाईएको जनाए । ६-७ बर्ष पहिले ६० % मात्र बिद्युत पुगेको थिए ,उनले भने । लोड सेडीङ्ग (बिद्युत कटौती) ४० % थियो । आफूले नेतृत्व लिए पछि बिद्युत आपूर्ति संगै ३५-३६ अर्बको घाटामा चलेको प्राधिकरण पहिलो बर्षमै नाफामा पुगेको उनले बताए ।

नेपालमा नाफामा चलेको प्राधिकरण हुनाले अब बिद्युत प्राधिकरणले शेयर (हिस्सा)वितरण गर्ने योजना तयारी भै रहेकोले १० % बिदेशमा बस्ने नेपालीहरुको लागि अर्थात् नेपालमा लगानी गरि रहेकाहरुलाई समेत छुट्याईने भएको उनले बताए । अहिले नेपालमा बिद्युत जडान गरे पछि ३० रुपैया तिर्नु पर्ने हुनाले मानिसहरु घरमा नभएता पनि बत्ती बलि रहने प्रसङ्गको चर्चा गरे । भारतलाई १५ अर्बको बिद्युत बेचेको जानकारी दिनुको साथै बंगलादेशलाई समेत आपूर्ति गर्ने लक्ष्य रहेको बताए ।

IMG_5877.jpeg

उनले बिद्युत आयात गर्दा महँगो र निर्यात गर्दा सस्तो पर्ने बिषयमा थुप्रै जिज्ञाशा रहेकोले १०० % बिद्युत निर्यात गर्न नसकिने अवस्था छ । वर्षाको समय र सुख्खा मौषममा आपूर्तिमा फरक हुन्छ । वर्षाको समयमा ६० % बिद्युत खपत गराउने हो, उनले भने ।

बिद्युत प्राधिकरणले ठूला परियोजना अगाडी बढाएको छ भन्दै माथिल्लो अरुणको लागि बिश्व बैंकको करिव ८०० मिलियन ,जाइकाको ३०० मिलियन ,एडिबीले नेतृत्व गरेर करिव २ बिलियन (अर्ब)डलरको सहयोग हुने बताए ।

अन्तरक्रिया कार्यक्रमको शुभारम्भ एएनएसका अध्यक्ष सुजित अर्यालले गरेका थिए भने उनले आफ्नो संस्था तथा कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । अन्तरक्रिया कार्यक्रमको समन्वय एएनएका अध्यक्ष खगेन्द्र अधिकारीले गरेका थिए भने उनले नै कार्यक्रम संचालन गरे । एनआरएनए भर्जिनिया शाखाका अध्यक्ष बिशाल कार्कीले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा बिद्युत प्राधिकरणका पूर्व कर्मचारी केशव बरालले हामी विदेश आएको भन्दै त्यस समयमा प्राधिकरण घाटा थियो तर कुलमान घिसिङ्गले नेतृत्व लिए पछि नाफामा भएकोमा प्रशंसा गरे । त्यसै गरि न्यूयोर्कमा सयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन् आउनु भएकी पूर्व राज्य मन्त्रि तथा बागमती प्रदेशकी सांसद राधिका तामाङ्गले कुलमान घिसिङ्गलाई चिलिमे बिद्युत आयोजनामा हुदै देखि चिनेको भन्दै उहा जस्तो योग्य ब्यक्तित्व र काम गर्ने मानिसलाई काम गर्ने वातावरण दिनु पर्ने भन्ने बिषयमा वकालत गरेको कुरा स्मरण गराइन । उनले २ पटक बागमती प्रदेश सदस्यमा निर्वाचित भएको भन्दै आशा गरे अनुसार नगर्न सकेता पनि रचनात्मक काम गरेको बताइन । साथै नेपाल सरकारको खर्च नभई आफ्नै खर्चले अमेरिका आएको स्पष्ट पारिन ।

साथै नेपाल सरकारका तर्फबाट सह सचिव बिदुर सुबेदी ,अमेरिकी प्रतिनिधि सभाका लागि भर्जिनिया जिल्ला १० क्षेत्रका नेपाली मूलका उम्मेदवार एड्रियन पोखरेल, चिकित्सक मदन उप्रेती ,एएसएनइनजिआरका सागर खड्का (अभियन्ता),मंगलदास महर्जन,नेपालबाट आएकी बिधार्थी नेता आरती लामा लगायतले छोटो मन्तब्य राखेका थिए ।

नेपाली इन्जिनियर्सको तर्फबाट मंगलमान महर्जन र सागर खड्काले सुझाव दिनुको साथै कसरी सम्पर्क गर्ने भन्ने जिज्ञाशा राखेका थिए । त्यस्तै चिकित्सक मदन उप्रेतीले आफ्नो पनि जल बिद्युत परियोजना नेपालमा रहेकोले नेपालमा काम गर्न सरल र कुनै अप्ठ्यारो नपर्ने भन्दै भएको कुलमानको प्रशंसा गरे ।

यसै गरि तामाङ्ग समाज डिसीका पूर्व अध्यक्ष उत्तर डोङ्गले धन्यवाद ज्ञापन गरेका थिए । धन्यबाद ज्ञापन अगाडी दर्शकहरुले जिज्ञाशा राखेका थिए भने कार्यकारी निर्देशक कुलमान घिसिङ्गले जवाफ दिएका थिए ।

त्यहाँ उपस्थित सबैलाई समय समयमा कार्यक्रम संचालक एएनएका अध्यक्ष खगेन्द्र अधिकारीएले यथास्थानमा परिचय तथा सम्मान गराएका थिए । कार्यक्रम संचालक स्वयम अधिकारी पनि नेपाल बिद्युत प्राधिकरणका पूर्व कर्मचारी पनि हुन् ।

अतिथि कुलमान घिसिङ्ग लगायत अन्य अतिथिहरुलाई नेपाली समुदायका क्रियाशील महिलाहरु ग्रेटर तामांग सोसाईटिका महा सचिव रोजी घिसिङ्ग तामाङ्ग , न्याककी सुनिता सुबेदी , एएनएचएसकी अध्यक्ष जानुका ओझाले खादा लगाई सम्मान गरेका थिए । डिसीबाट संचालित ईनेप्लिज डटकममा प्रकाशित छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०८० मंगलवार - १७:५६:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend