एनआरएनए अमेरिकाका पूर्ब अध्यक्ष सूनील साहले एनईरएनएको रिबुटिंग भईरहेको बताएका छन् । आफ्नो फेसबुक पेजको एउटा लामो स्टाटस मार्फत साहले उक्त कुरा बताएका हुन् ।
आफूले एनआरएनएको वर्तमान समस्या आउनुपूर्व नै 'रिब्युट एनआरएनए' को सुझाब दिएको उनले बताएका छन् ।
साहले फेसबुकमा लेख्छन, "आज यो अवस्थासम्म आइपुग्दा हामीले गहिरो र निर्मम समीक्षा र आत्मालोचना गर्नैपर्छ, गल्ती कमजोरी हामीबाटै भएको छ। हामी सुध्रिनै पर्छ!"
एनआरएनएको समस्या नेतृत्वको "विश्वास"को हो भन्ने जिकिर साहको छ । "प्रविधिको दुरुपयोग भनौं वा म्यानिपुलेसनले सृजना गरेका केही कृत्रिम समस्याको भुमरीमा संस्था फस्यो, फसाइयो वा फस्दै गयो।" उनी ठोकुवा गर्छन ।
साहले पोष्ट गरेको स्टाटस यस्तो छ:
आज मलाई व्यक्तिगत रूपमा भन्नुपर्दा, हामीलाई (एन.आर.एन. अभियन्ता) माथि सर्वोच्चको युगान्तकारी 'बुटिङ' भएको महसुस भएको छ। हुनत म पहिलेदेखि नै समस्या के हो, समाधान कसरी गर्न सकिन्छ भनेर आफ्ना विचार र उपायहरू पनि सुझाउँदै गरेको थिएँ। "रिबुट एन.आर.एन.ए" भनेर मैले हामी यो अधिकारताको लडाईँमा फस्नु अघि, १०औँ महाधिवेशन भन्दा अघि यस्तो बुटिङ होला भन्ने सोचेर लेखेको थिइनँ, तर कता कता भयो त्यस्तै।
हाम्रो समस्या "विश्वास"को हो, त्यो पनि प्रविधिको दुरुपयोग भनौं वा म्यानिपुलेसनले सृजना गरेका केही कृत्रिम समस्याको भुमरीमा संस्था फस्यो, फसाइयो वा फस्दै गयो। आज यो अवस्थासम्म आइपुग्दा हामीले गहिरो र निर्मम समीक्षा र आत्मालोचना गर्नैपर्छ, गल्ती कमजोरी हामीबाटै भएको छ। हामी सुध्रिनै पर्छ!
आज हामीलाई फेरि अर्को अवसर पनि मिलेको छ, हामी निस्वार्थ भै संस्थाको सर्वोपरि हितको लागि एकढिक्का भएर लाग्नुबाहेक अरु उपाय छैन - त्यसैले म भन्छु, सकिन्छ र त्यो सम्भव पनि छ, समस्या सदस्यता प्रणालीमा छ, त्यो प्राविधिक समस्या हो, हल गर्न सकिन्छ। मैले उच्चस्तरीय अवधारणा पनि सेयर गरेको थिएँ, गर्न सकिन्छ, आजैबाट सुरु गरौं!
यो अवस्थाले सृजना गरेको अन्यौल र समस्याबाट दिक्क, वाक्क, निरास हुनु हुने सम्पूर्ण आदरणीय सदस्यहरुसित म माफी माग्दछु। म पनि टीके नै थिए, जब सम्म पदमा बसे, आफ्नो पोल्टामा परेको दाईत्व इमान्दारी का साथ निभाए। आर्थिक पारदर्शिता लाई आम सदस्यहरुको पहुँच सम्म पुग्ने ब्यवस्थाको सुरुवात गरे त्यो राम्रै गरे जस्तो लाग्छ।
सबैले आ-आफ्नो स्वार्थरहित बुट लगाऔं र एन.आर.एन.एको एकताको सम्मेलनतर्फ लामबद्ध भएर मार्च गरौं! समय कम छ-धेरै गर्नु छ, आउनुहोस, आजै बाट महाअभियानमा होमिऔं!
अन्तमा, तपाईंहरूले म र मेरो कामप्रति देखाउनुभएको सद्भाव र समर्थन को लागि हार्दिक आभार पनि प्रकट गर्न चाहन्छु!
जय नेपाल - जय एन.आर.एन.ए!
https://suneelsah.org/reboot-nrna/