एनआरएनए अमेरिकाका उपाध्यक्ष नेत्र पाण्डेलाई पितृ शोक परेको छ ।
पाण्डेका ८५ बर्षिय पिता रामचन्द्र पाण्डेको अप्रिल १२ तारिखका दिन चितवनको एक अस्पतालमा उपचार कै क्रममा निधन भएको थियो । पाण्डे केही समयदेखि बिरामी हुनुहुन्थ्यो ।
उपाध्यक्ष नेत्र पाण्डे अहिले नेपालको पाल्पा जिल्लास्थित तानसेन नगरपालिका ७ सुन्दर गांउको घर मै बुबाको काजक्रियामा हुनुहुन्छ ।
स्वर्गीय रामचन्द्र पाण्डेका २ छोरी र २ छोरा हुनुहुन्छ ।
नेप्लिज डायस्पोराका शुभ चिन्तक समेत रहनु भएका सामाजिक अभियन्ता नेत्र पाण्डेका पिताजीको निधनबाट नेप्लिज डायस्पोरा परिवार दुखी छ । यस घडिमा स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

