एनआरएनए मेरिल्याण्ड च्याप्टरले नपाली नयाँ वर्ष २०८१ भव्यताका साथ सम्पन्न गरेको छ। प्रमुख अतिथी अवैतनिक महावाणिज्य दुत प्रेमराज महत रहेको कार्यक्रममा विशेष अतिथी निवर्तमान NRNA NCC का वरिष्ठ उपाध्यक्ष्य कृष्णजिवी पन्त, बानाका अध्यक्ष सुवोध विलास पन्त र मेरिल्याण्डको डिष्ट्रिक ८ का डेलिगेट ह्यारी भण्डारी रहेका थिए ।
दुई चरणमा सञ्चालन भएको कार्यक्रममा पहिलो चरणमा औपचारिक कार्यक्रम भएकोमा दोस्रो चरणमा नेपाली कला संस्कृती झलकिने विभिन्न जातजातीको नृत्यसंगै बाल्टीमोरमा रहेका स्थानीय कलाकार श्याम गुरुङ्ग, आभा मुकारुङ, अन्जना गुरुङ्ग, कन्हैया सिंह परियार, शान्ति भण्डारी , रुडी शर्मा लगायतको साङ्गीतिक प्रस्तुती रहेको थियो भन्ने । पाउना कलाकारमा मिलन लामा र देविका के.सी रहेका थिए। माधवी डान्स समुहबाट १८ जना बालबालिका सहितको नृत्य रहेको थियो ।

राई, लिम्बु, गुरुङ् मगर, नेवार सहित सुदुरपश्चिमबाट देउडा प्रस्तुतीसमेत रहेको थियो।
पहिलो चरणको कार्यक्रम संस्थाका सचिव गोविन्द सापकोटले सञ्चालन गर्नु भएको थियो भने दोस्रो चरणको कार्यक्रम सञ्चालन सञ्जन बोहोरा ले गर्नु भएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष किरण पण्डितबाट भएको थियो।
अध्यक्ष्य कुलगुरुङले ५०० भन्दा बढी सहभागी भएका र कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको जानकारी दिनुभयो ।
कार्यक्रममा २०२३ - २०२५ कार्यकालका लागि मनोनित सल्लाहकारहरु जनक पौडेल, योगेन्द्र छन्त्याल, आरती घले, दमनविक्रम शाह, ढाकाराम खनाल, बासुदेव शर्मा पोखरेल, राजु रामदाम, गोपालचन्द्र लामीछाने र महेन्द्र देसारलाई पमात्रपत्र वितरण गरिएको थियो ।

उपाध्यक्ष किरण पण्डितले संस्थाको मुख्य उदेश्य भन्नेको प्रदेशमा रहेका दोस्रो पुस्तालाई नेपालको कला संस्कृतीबारे अनुभुति गराउने, महत्व बुझाउने रहेको र यसमा बालबालिकाको प्रस्तुती, उपस्थितिले हामी सफल रहेको बताउनु भयो । कार्यक्रमका Sponser, मिडियाकर्मी, photo vedio बाट सहयोग गर्नु भएका सम्पूर्णलाई उहाँले धन्दवाद दिनु भयो।
सचिव गोविन्दि सपकोटाले कार्यक्रममा हरेक उमेर समुह सहभागी भई एक आपसमा नयाँ वर्षको शुभकामना आदन प्रदान गरी नृत्य र सांगितीक प्रस्तुतिमा मेरिल्याण्ड बासी झुमेको देख्दा आफू हरु सफल भएको बताउनु भयो।

कार्यक्रमको डिजे डिजे. दिनेश गुरुङ र Event managemant शुसिल पंगेनीले गर्नु भएको थियो।