Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

नेजाको वार्षिकोत्सवमा अमेरिकामा रक्तदान

नेजाको वार्षिकोत्सवमा अमेरिकामा रक्तदान

नेप्लिज डायस्पोरा

१०, बैशाख २०८१
images
नेजाको वार्षिकोत्सवमा अमेरिकामा रक्तदान

गोपाल गड्तौला

 

टेक्सास, ९ बैशाख । नेपाल अमेरिका पत्रकार संघ नेजाको १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा अमेरिकाको टेक्सासमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार टेक्सासको युलेसस्थित नेपाली आध्यात्मिक तथा साँस्कृतिक केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा नेजाका सदस्य र अन्य समेत ३३ जनाले रक्तदान गरेका थिए ।

 

अमेरिकी रक्त सञ्चार संस्था कार्टर ब्लड केयरको प्राविधिक सहयोग र ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्यमा रक्तदान आयोजना गरिएको नेजाका महासचिब बाबुराम दाहालले बताएका छन् ।

यसै सन्दर्भमा नेजाले २१ अप्रिलमा नेजाका सदस्य र टेक्सासको नेपाली समुदायविच अन्तरकृया आयोजना गर्ने भएको छ भने सोमवार टेक्सासको अर्भिङस्थित जेफर्सन पार्कमा बृक्षरोपण समेत गर्ने महासचिव बाबुराम दाहालले बताएका छन् ।

images
प्रकाशित मिति :बैशाख १०, २०८१ सोमवार - ०७:३८:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend