प्रमुख अतिथी नेपाल प्रतिनिधि सभाका उपसभामुख तथा पि.ए. नेपालका संस्थापक अध्यक्ष, माननीय इन्दिरा राना मगर, पि.ए. नेपालका वर्तमान अध्यक्ष सुबानी आले मगर साथै बोष्टनका पाहुना स्टिभ वालेनलाई भव्य स्वागत तथा भेटघाट कार्यक्रम मगर संघ अमेरिका म्यासाचुसेत्स बोस्तन च्याप्टरद्वारा सम्पन्न गरियो ।

देव राज पुन मगरको अध्यक्षतामा कार्यक्रम भएको थियो भने सचिव बिकास थापा मगरले कार्यक्रम संचालन गर्नु भएको थियो। माननिय इन्दिरा राना मगर अनि सुबानी आले मगर साथै पाहुना स्टिभ वालेन लगायत सल्लाहकार धिरज पुन मगर, चन्द्र पुन मगर, धन थजाली मगर, उपा-अध्यक्ष कुशमाया(मन्जु) थापा मगर र अमन थापा मगर लगायत अन्य व्यक्तिको मन्तव्य सहित कार्यक्रम रमणीय माहौलमा सम्पन्न भएको थियो।
साथै जुन महिनामा समर पिकनिक गर्नै निर्णय अनुसार खाजा खाएर कार्यक्रम समापन भयो। कार्यक्रममा पि.ए. नेपालका वर्तमान अध्यक्षलाई सानो सहयोग स्वरुप नगद हस्तान्तरण पनि गरिएको थियो ।