बिक्रम बारघरे
कोलोराडो ।
मगर संघ अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा नेपाल प्रतिनिधि सभाका उप-सभामुख तथा पि.ए. नेपालका संस्थापक अध्यक्ष मा. इन्दिरा राना मगरसंग स्वागत, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
फिस्टल रेस्टुरेन्ट, व्राईटन कोलोराडोमा भएको कार्यक्रममा सभामुख रानाले सहभागीको प्रश्नको जवाफ दिनु भएको थियो । रानाले आफुलाई राजनीति मन नपर्ने तर नीति नियम तथा आवाज उठाउने स्थान नै प्रतिनिधि सभा भएकाले आफू राजनीतिमा लागेको वताउनु भयो । भविष्यमा राजनितीमा सक्रिय रहिरहने थाहा नभएको तर अवको ४ वर्ष आफुले कसैलाई भेदभाव नगरी पार्टी भन्दा माथि उठेर देशको सेवा गर्ने वताउनु भयो ।

त्यस्तै पि.ए. नेपालका अध्यक्ष सुबानी आले मगरले संस्थाले देशभरीका १० स्थानमा ४०० वढी वालवालिकाहरुको हेरचाहा गरिरहेको वताउनुभयो ।

मगर संघ कोलाोराडो च्याप्टरका अध्यक्ष कृष्ण थापा मगरले च्याप्टरले पि. ए. नेपाललाई सकेको सहयोग गर्ने वताउनुभयो ।

च्याप्चरका अध्यक्ष कृष्ण थापा मगरको अध्यक्षता, उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यता र विशिष्ट अतिथी पि.ए नेपालका वर्तमान अध्क्षय सुबानी आले मगर र अतिथीहरूमा, मगर संघ अमेरिकाका सल्लाहकार लक्षुमण राना मगर, मगर संघ अमेरिकाका पश्चिम क्षेत्रका उपाध्यक्ष टेक बहादुर थापा मगर र मगर संघ अमेरिकाका केन्द्रिय सदस्य केशव थापा मगर र संघ सचिव उपेन्द्र राना मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।