Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

न्युयोर्कमा एक नेपालीको निधन, तीन छोराछोरी र श्रीमतीका लागि सहयोग संकलन शुरु

न्युयोर्कमा एक नेपालीको निधन, तीन छोराछोरी र श्रीमतीका लागि सहयोग संकलन शुरु

नेप्लिज डायस्पोरा

२२, बैशाख २०८१
images
न्युयोर्कमा एक नेपालीको निधन, तीन छोराछोरी र श्रीमतीका लागि सहयोग संकलन शुरु

अमेरिकाको न्युयोर्कमा बस्दै आएका ४३ बर्षीय एक नेपाली लक्ष्मण बहादुर मल्लको अचानक निधन भएको छ । अचानक  लडेर अस्पताल लगिएका मल्ललाई ब्रेनडेड भएको बताएको छ । 

 

नेपालको पर्वत जिल्ला मोदी गाउँपालिका ६, गिजानका मल्ललाई भूईंमा लडेपछि साउथसाइड अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो । त्यसपछि उनलाई भेन्टिलेटरमा राखिएको र उनको ब्रेनडेड भइसकेको अस्पतालले जानकारी दिएको छ ।

 

उनकी श्रीमती, दुई छोरीहरु, १ छोरा नेपालमा रहेका छन् । अमेरिकामा मल्लले एसाइलममार्फत अमेरिकाको बसोबास प्रावधान मिलाउँदै रहेको पनि बुझिएको छ ।

 

अहिले उनको परिवारका सदस्यहरू बिक्षप्त अवस्थामा रहेको तथा नेपालमा रहेका परिवारले एकमात्र सहारालाई गुमाएको भन्दै मल्लका साथीहरुले परिवारको सहयोगका लागि  गोफण्डमी सुरु गरेका छन् ।
here is GoFundMe link:

https://www.gofundme.com/f/stand-with-laxmans-family-in-their-grief?utm_campaign=p_cp+share-sheet&utm_content=www.khasokhas.com&utm_medium=referral&utm_source=widget

 

 

images
प्रकाशित मिति :बैशाख २२, २०८१ शनिवार - ०८:३३:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend