यही में ११ र १२ मा फ्रान्सको पेरिसमा आयोजना हुन गैरहेको नवौ इनास यूरोपस्तरीय एकल नृत्य तथा छैठौ एकल गायन प्रतियोगितामा बिशेष अतिथिको रुपमा सहभागी हुन इनास अमेरिकाका अध्यक्ष नायक राहुल के सी आज अमेरिकाको वासिंटन डि.सी. स्थित डलस इन्टरनेसनल एयरपोर्टबाट पेरिसका लागी प्रस्थान गर्नु भएको छ।
वहालाई मेरिल्याण्डको बाल्टीमोर डिस्ट्रिक्ट आठका सभासद तथा यू.एस. कॉंग्रेसका लागी मेरिल्याण्ड डिस्ट्रिक्ट दुइका डेमोक्रेटिक पार्टीकोतर्फबाट उम्मीदवार डा. ह्यारी भण्डारी ज्युले अग्रिम बिदाइ गर्दै कार्यक्रम सफलताको शुभकामना दिनु भएको छ। त्यसै गरी इनास अमेरिकाका प्रवक्ता चलचित्र निर्देशक गोपालचन्द्र लामीछाने र इनास मेरिल्याण्डका अध्यक्ष, गायक तथा संगीतकर्मी लक्ष्मण पौडेल एयरपोर्ट सम्म गइ बिदाइ गर्नु भएको छ।



राहुल केसीलाई प्राप्त निमन्त्रणा !!!
श्री राहुल केसीज्यू
अध्यक्ष, तथा
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) उत्तर अमेरिका राष्ट्रिय समिति परिवार।
विषय: हार्दिक निमन्त्रणा ।
महोदय,
यस अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) (International Nepalese Artist Society INAS) को नवौं युरोपियन कार्यक्रम यहि ११ र १२ मे २०२४ का दिन फ्रान्सको पेरिसमा आयोजना हुन लागेको व्यहोरा सहर्ष जानकारी गराउदै इनासको नवौं युरोप क्षेत्रीय बैठक (9th INAS Europe Regional Meeting) तथा नवौं यूरोप महादेशस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता (9th EU Solo Nepali Dance Competition 2024), छैठौं इनास यूरोप महादेशस्तरीय एकल नेपाली गायन प्रतियोगिता (6th EU Solo Nepali Singing Competition 2024) सहित युरोप तथा विभिन्न महादेशका कलाकार, साहित्यकार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारज्यूहरुको उल्लेख्य उपस्थितिमा आयोजना हुने यस बृहत कार्यक्रममा यहाँको महत्वपूर्ण उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद !
अप्रिल ११ र १२ दुई दिन आयोजना हुने कार्यक्रमको स्थान र समय देहायानुसार छ।
नवौं इनास युरोपियन क्षेत्रीय भेला (बैठक)
कार्यक्रम हुने मिति: ११ मे २०२४
स्थान: Espace Jean Renaudie
30 Rue Lopez et Jules Martin, 93300 Aubervilliers
समय दिनको २:०० बजे ।
नवौं इनास युरोपस्तरिय एकल नृत्य तथा छैठौं गायन प्रतियोगिता सहित वृहत सांस्कृतिक कार्यक्रम।
कार्यक्रम हुने मिति: १२ मे २०२४
स्थान- Théâtre du Gymnase Marie Bell 38 Boulevard de Bonne Nouvelle 75010 Paris
समय: दिनको १:०० बजे।
भवदीय,
प्रकाश तिवारी
संयोजक, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूरोप।
आभाष आचार्य
अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) राष्ट्रिय समिति, फ्रान्स