Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

ड्यालसमा नेपाली क्रिकेट टोलीको फ्यान फेस्टिभल हुने

ड्यालसमा नेपाली क्रिकेट टोलीको फ्यान फेस्टिभल हुने

images
ड्यालसमा नेपाली क्रिकेट टोलीको फ्यान फेस्टिभल हुने

नेपाली क्रिकेट टोलीले १० वर्ष पश्चात विश्वकप क्रिकेट खेल्ने खुसियालीमा ड्यालस फ्यान फेस्टिभल आयोजना हुने भएको छ । नेपालको राष्ट्रिय क्रिकेट टोलीको सफलता र विश्वकपमा छनोट भएको उत्सवका रुपमा विशेष कार्यक्रम आयोजना हुने हेतुले फ्यान फेस्टिभल मनाउन लागिएको हो ।

जुन २ आईतबारका दिन आयोजना हुने कार्यक्रममा नेपाल क्रिकेट सङ्घका पदाधिकारी र खेलाडीलाई समान तथा नेपाली क्रिकेट समर्थकहरु संग मिट एण्ड ग्रिट को समेत आयोजना गरिएको आयोजकले जनाएका छन् । ड्यालस अर्भिंगमा रहेको ह्यांगआउट स्पोर्ट बारमा आयोजना गरिने कार्यक्रममा खेलाडी सम्मानमा विभिन्न कार्यक्रम आयोजना गरिने छ ।

कार्यक्रममा चर्चित गायक सुदिप गिरी, गायिका नलिना चित्रकार लगायत विभिन्न ब्यान्डको साङ्गीतिक कार्यक्रम समेत रहने आयोजक मध्येका एक फेम नेपालका निर्देशक बिमल पछाईले जानकारी दिए। कार्यक्रमको आयोजना ठमेल एनवाईसी, फेम नेपाल, युएस खबर  र ह्यांगआउट इन्टरटेन्टमेन्टले गरेको हो ।

कार्यक्रमलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने आयोजक मध्येका एक ठमेल एनवाईसीका प्रमुख लेलिन कडेलको भनाई रहेको छ ।

टि–ट्वान्टी विश्वकप नजिकिंदै गर्दा अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिका र वेस्ट इन्डिजको भ्रमणमा अभ्यास गरिरहेको छ।  विश्वकप अन्तर्गत नेपालले पहिलो खेल ड्यालस नजिकैको ग्राण्डप्यारी स्टेडियममा हुदैँछ । ड्यालसमा नेपाली समुदायको बाक्लो बसाई रहेका कारण पनि पहिलो खेलमा नेपाली समर्थकको सहभागिता रहने अनुमान गर्न सकिन्छ ।

images
प्रकाशित मिति :जेठ ७, २०८१ सोमवार - २०:५९:४८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend