मेरिल्याण्डको हिन्दु बुद्ध मन्दिरमा 'पूर्ण स्वास्थ्यको विज्ञान' कार्यक्रम हुने भएको छ ।
बुधबार हुने कार्यक्रममा जीवन विज्ञान अभियानका दुई प्रमुख गुरुहरु एल पी भानु र रमेश नेपाल आउनु भएको अभियन्ता लोक तिवारीले बताउनु भयो ।
कार्यक्रम यहि जुन १९ तारिख बुधबार हुनेछ । कार्यक्रममा बाल्टिमोरका सयौं नेपालीहरु सहभागी हुने आयोजक मध्येका एक अभियन्ता तथा समाजसेवी प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।