Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मगर संघ अमेरिका कोलोराडो च्याप्टरको समर पिकनिक कार्यक्रम सम्पन्न

मगर संघ अमेरिका कोलोराडो च्याप्टरको समर पिकनिक कार्यक्रम सम्पन्न

नेप्लिज डायस्पोरा

१३, आषाढ २०८१
images
मगर संघ अमेरिका कोलोराडो च्याप्टरको समर पिकनिक कार्यक्रम सम्पन्न

विक्रम बारघरे 

कोलोराडो अमेरिका।

मगर संघ अमेरिका कोलाराडो च्याप्टरको आयोजनामा समर पिकनिक २०२४ तथा बार्षिक भेला, प्रोस्पेटीक पार्क ह्वाइट रिड्चमा भब्य रुपमा सम्पन्न भएको छ। च्यापटरका अध्यक्ष कृष्ण थापा मगरको अध्यक्षतामा सम्पन्न बार्षिक भेलामा च्यापटरका सचिव उपेन्द्र राना मगरले च्याप्टरको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष भुमिका पुन मगरले च्याप्टरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 

  कार्यक्रममा बोल्दै प्रमुख अतिथि मगर संघ अमेरिकाका सल्लाहाकार लक्ष्मण राना मगरले आगामी महिना जुलाईको २७ र २८ हुने मगर संघ अमेरिका केन्द्रिय समितीको ९ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गर्न आफुहरु लागिरहेको जानकारी दिनु भयो।

IMG_8208.jpeg

त्यस्तै केन्द्रीय समितिका पश्चिम क्षेत्रीय उपाध्यक्ष टेक थापा मगरले संघ अमेरिकाले अमेरिका भित्र रहेका मगरहरुको जनगणना तथा सर्वेक्षण गरिरहेको र उक्त सर्वेक्षणमा आफ्नो साथै परिवारका सदस्यहरुको नाम भर्न बाँकी रहेको छ भने यहि जुन महिनाको अन्तिमसम्म भाग लिन आग्रह गर्नुभयो। त्यस्तै संघले विभिन्न विधामा स्टुडेन्ट स्कलरसिफ ल्याएकाले विधार्थिहरुलाई पनि स्कलसिपमा भाग लिन नछुट्न आग्रह गर्नुभयो ।

IMG_8207.jpeg

उक्त भेलाले २०२३ -२५ को च्याप्टरको कार्यसमितिमा रिक्त हुन गएको सदस्य पदमा जुझारु तथा पत्रकार विक्रम वारघरे मगरलाई २०२३ -२५ को च्याप्टरको कार्यसमिति सदस्य पदमा सर्बसम्मत चयन गरेको थियो। 

IMG_8206.jpeg

कार्यक्रमको समापन गर्दै अध्यक्ष थापाले च्यापटरले कोलोराडोमा नेपाली समुदाय तथा संघ संस्थाहरुद्वारा आयोजना हुने बिभिन्न कार्यक्रमहरुमा यस संस्थाको तर्फबाट सक्रिय सहयोग र सहभागिता जनाउदै आइरहेको त्यसमा सबैको बिना असम्भव रहेकाले सहयोगको लागी सबैमा धन्यवाद तथा आभार ब्यक्त गर्नु भयो।

 

संस्थाका कामहरुमा सहयोग गर्ने सवैमा धन्यवाद व्यक्त गर्नुभयो। च्यापटरमा मगरहरुको संख्या पनि वढ्दै गएको र मगर परिवारमा समस्या परेको खण्डमा सहयोग गर्दै आएको केहि आईपरे मगर संघ मिलेर हातेमालो गर्न तत्पर रहेको कुरा पनी बताउनुभयो।

 

IMG_8209.jpeg

 

IMG_8210.jpeg

images
प्रकाशित मिति :आषाढ १३, २०८१ बुधवार - ०४:५०:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend