एनआरएनए अमेरिकाको मेरिल्याण्डमा हुन गईरहेको साधारण सभा र ज्ञान सम्मेलनमा मेरिल्याण्डका संघसंस्थाहरुमा उत्साह छाएको को कन्भेनर अनुप खनालले जानकारी दिएका छन् ।
एनआरएनए अमेरिकाका यूवा उपाध्यक्ष समेत रहेका खनालले यो जानकारी दिएका हुन् ।
खनालले मेरिल्याण्डका सबै संघसंस्थाहरुले साधारण सभा सम्पन्न गर्न सहकार्य गरेको पनि बताए । एनआरएनए अमेरिकाको यस साधारण सभाका सहभागी हुन चाहने स्थानीय संघसंस्थाका प्रतिनिधिहरुलाई पचास प्रतिशत शुल्क मिनाहा गरिएको छ ।