Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकामा कलेजका स्टुडेन्टलाई खुशीको खबर, बाईडेनद्वारा रिन माफीको घोषणा

अमेरिकामा कलेजका स्टुडेन्टलाई खुशीको खबर, बाईडेनद्वारा रिन माफीको घोषणा

नेप्लिज डायस्पोरा

४, श्रावण २०८१
images
अमेरिकामा  कलेजका स्टुडेन्टलाई खुशीको खबर, बाईडेनद्वारा रिन माफीको घोषणा

बाइडेन प्रशासनले विद्यार्थी ऋणमा थप १.२ बिलियन डलर माफ गर्ने भएको सिबिएसन्यूजले जनाएको छ ।

बाइडेन प्रशासनले बिहीबार जानकारी दिदै शिक्षकदेखि अग्निनियन्त्रकहरू सम्मका सार्वजनिक सेवामा काम गर्ने ३५,००० ऋणकर्ताहरूको लागि विद्यार्थी ऋणमा १.२ बिलियन मिनाहा गरिरहेको जनाएको छ ।

सर्वोच्च अदालतले गत वर्ष राष्ट्रपति जो बाइडेनको व्यापक-आधारित महाबिद्यालय ऋण माफीको योजनालाई अवरुद्ध गरेको थियो ।

हालसालै गएको विद्यार्थी ऋण माफीको साथै बाइडेन प्रशासनले लगभग ४.८ मिलियन अमेरिकीहरूको लागि १६८.५ बिलियन डलरको ऋण माफ गरेको शिक्षा विभागको एक विज्ञप्तिमा उल्लेख छ ।

ऋण माफी पछिल्लो चरणमा मिनाहाको लागि योग्य व्यक्तिहरू सार्वजनिक सेवा ऋण माफी कार्यक्रमको एक हिस्सा हुन् ,बिज्ञप्तिमा भनिएको छ ।

तर बाइडेन प्रशासनले कार्यक्रमको नियमहरू परिमार्जन गरेको छ, जसले अधिक सार्वजनिक सेवकहरूलाई माफीको लागि योग्य बनाउन सक्षम पारेको सिबिएसन्यूजले समाचारमा उल्लेख गरेको छ ।

images
प्रकाशित मिति :श्रावण ४, २०८१ शुक्रवार - ०३:४८:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend