Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

पोखराकी बिष्णुमायाको अमेरिकामा दुर्घटनामा परेर निधन, अन्त्यष्टि शुक्रबार हुने

पोखराकी बिष्णुमायाको अमेरिकामा दुर्घटनामा परेर निधन, अन्त्यष्टि शुक्रबार हुने

नेप्लिज डायस्पोरा

११, श्रावण २०८१
images
पोखराकी बिष्णुमायाको अमेरिकामा दुर्घटनामा परेर निधन, अन्त्यष्टि शुक्रबार हुने

अमेरिकाको टेक्सासमा दुर्घटनामा परेर निधन भएकी  बिष्णुमाया धमलाको आज डालस टेक्सासमा अन्तेष्टि हुदैछ ।

 

अमेरिकामा रहेका छोरी ज्वाई र नाति नातिना भेट्न आएकी पोखरा ३२ ढोडबेसीकी बिष्णुमाया धमलाको गत आईतबार निधन भएको थियो । 

 

टेक्सासको फोर्टबर्थबाट घुम्नका लागि टेक्सासकै अष्टिनतर्फ जादैगर्दा वेको भन्ने ठांउमा गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर घाईते भएकी छोरीको प्रमीला धमलाको अवस्था सुधारउन्मुख छ ।

 

धमलाका ज्वाई पाल्पा मदनपोखराका दीपक पाण्डे हुन् । दिपकले चलाएको गाडीमा सासु ससुरा श्रीमती र छोरी थिए। गाडीको टायर फ्ल्याट भएपछि अनियन्त्रित भएर सडकबाट पल्ट्यागं खादै उछिट्टिएको बताईएको छ । 

 

नेप्लिज डायस्पोराको फेसबुक पेजमा हरेक सांझ नेपाली बहस सुन्नुहोला ।

IMG_9231.jpeg

 

छोरी प्रमिलालाई हिजो मात्र जानकारी गराएर आज अन्तिम संस्कारको लागि कार्यक्रम राखिएको बाल्टिमोर रहेका मृतकका आफन्त रामराज धमलाले बताए ।

 

नेपाली समाज टेक्सासले अन्तिम संस्कारका आवश्यक काममा सघाएको धमलाका पारिवारीक आफन्त यादव खनालले जानकारी दिए ।

 

पाल्पाली संगमका शिव काफ्लेले टेक्सास वरपरका सबै नेपालीलाई अन्तिम संस्कार कार्यक्रममा उपस्थित भईदिन अनुरोध समेत गरेका छन् ।

 

 

IMG_9229.jpeg

 

images
प्रकाशित मिति :श्रावण ११, २०८१ शुक्रवार - २२:४५:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend