नारायण भण्डारी
अस्टिन/ टेक्सस,
अस्टिन शहरदेखि केहि पूर्व एल्गिनमा आईतवार दुई मृतक नेपाली युवाको दाह संस्कार गरिएको छ ।
गत हप्ता अस्टिन र डालस शहरको मध्य भागमा रहेको वाको स्थित ३५ हाईवेको ३४६ एक्जिटमा रहेको ग्यास स्टोरमा बन्दुकधारीहरुको आक्रमणमा मारिएका ३० बर्षिय युवा दिपक ओली र गत महिना जुलाई ४ मा हाईवे १८३ मा सडक दुर्घटनामा मारिएका २६ बर्षिय राज कुमार पटेलको आईतवार अन्त्यष्टि गरिएको हो ।
नेपालको रुकुम जिल्ला वॅाठीकोट गॅाउपालिका वडा नम्वर १० झुला गॅाउका दिपक ओलीलाई गत हप्ता आईतवार विहान ५ वजे काम गरिरहेकै ठाउमा दुई बन्दुकधारीहरुले आक्रमण गरेर हत्या गरेका थिए।
अर्का युवक राज कुमार पटेल महोत्तरी जिल्ला बलबा नगरपालिका-११ रौजाका हुन । उनको अस्टिन स्थित १८३ हाईवे सडकमा गाडीले ठक्कर दिदा ज्यान गएको थियो।
एल्गिनमा आज छुट्टाछुट्टै समयमा भएका शोक सभामा अस्टिनवासी नेपालीहरु र मृतकका आफन्तहरुले दुबै मृतकहरुलाई अन्तिम श्रद्दान्जली दिएका थिए ।