Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकाको शिकागोमा नेपाली दुताबासको कन्सुलर शिविर, ४११ जना लाभान्वित

अमेरिकाको शिकागोमा नेपाली दुताबासको कन्सुलर शिविर, ४११ जना लाभान्वित

नेप्लिज डायस्पोरा

२३, श्रावण २०८१
images
अमेरिकाको शिकागोमा नेपाली दुताबासको कन्सुलर शिविर, ४११ जना लाभान्वित

अमेरिकाको इलोनोइ राज्यको शिकागो शहरको शिकागो करी हाउस (चमेनागृह)मा नेपाली दुताबासले कन्सुलर सेवा शिविर सफलतापूर्वक सम्पन्न गरेको छ । दूतावासले अगस्त २-५, २०२४ सम्म मोबाइल ई-पासपोर्ट (घुम्ती बिधुतिय राहदानी )सेवा शिविर सञ्चालन गरेको थियो ।

 

दुताबासका अनुसार कूल ४११ नेपाली नागरिकले दूतावासको सेवा प्राप्त गरेका छन्। स्थानीय तहमा लजिस्टिक ( सामग्रीको आपूर्ति )को सहयोग र समन्वयको व्यवस्था गरेकोमा दूतावास सामाजिक अभियन्ता बाला घिमिरेलाई धन्यवाद दिएको छ ।

 

त्यस्तै शिविरमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वयम सेवा र विभिन्न क्षमतामा योगदान पु¥याउने शिकागोल्याण्ड नेपाली फ्रेन्डसिप सोसाइटी लगायत नेपाली सामुदायिक संस्थाका सम्पूर्ण सदस्यहरूलाई दूतावासले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

images
प्रकाशित मिति :श्रावण २३, २०८१ बुधवार - १९:४०:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend