Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकाको ओक्लोहोमामा एक नेपालीले ज्यान गुमाए

अमेरिकाको ओक्लोहोमामा एक नेपालीले ज्यान गुमाए

नेप्लिज डायस्पोरा

३१, श्रावण २०८१
images
अमेरिकाको ओक्लोहोमामा एक नेपालीले ज्यान गुमाए

 

टेक्सासको नेपाली समुदायले फेरी अर्का नेपाली युवालाई गुमाएको छ । टेक्सासको डालसबाट घुमफिरका लागि ओक्लाहोमाको टर्नर फल्स पुगेका ४ नेपाली युवा युवती मध्य युवकको पौडी खेल्ने क्रममा निधन भएको हो ।

 

नेपाली समाज टेक्सास एनएसटीले यस विषयमा दिएको जानकारी अनुसार यस अप्रिय घटनामा परि नेपाल बुटवल मणिग्राम घर भै हाल टेक्सासको नर्थलेक कलेजमा अध्ययनरत कोशल पराजुलीले ज्यान गुमाएका हुन् । पौडी खेल्ने क्रममा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

 

मृतकको शव यतिवेला ओक्लोहोमा मेडिकल इक्जामिनरसंग रहेको छ । आवश्यक प्रकृया पुर्याएर डालास ल्याइने र परिवारको सल्लाहमा नेपालमा वा डालसमा दाहसंस्कार गरिने जानकारी एनएसटीले दिएको छ ।

 

यस घटनामा उद्धार गरि अस्पताल पुर्याईएकी युवती झापा घर भै हाल डालसमा बसोबास गर्दै आएकी शुरक्षा घिमिरे रहेकी छन् । उनको मर्सी अस्पतालको आईसीयु कक्षमा उपचार भै रहेको छ ।

 

हिजो साँझ ओक्लाहमा स्थित ईष्ट सेन्टरल युनिभर्सिटीमा आफ्नो सामान लिन टेक्सासबाट गएका शुरक्षा घिमिरे सहित ३ युवती र मृतक कोशल पराजुली फर्कने क्रममा टर्नर फल्स पुगेका थिए । टर्नर फल्स घुमेर टेक्सास फर्कने योजनामा रहेका उनिहरुले अप्रिय घटनाको सामना गर्नु पर्यो ।

 

यतिबेला अस्पतालमा उपचाररत घिमिरेलाई ईस्ट सेन्टरल युनिभर्सिटीका विद्यार्थीहरुले कुरिरहेका छन् । उनिहरुसंगै मृतकका परिवार, ओक्लाहोमा प्रहरी प्रशासन, घाईते उपचाररत मेडिकल टिम र मृतक पराजुलीको शव राखिएको अस्पताल प्रशासनसंग नेपाली समाज टेक्सास सम्पर्कमा रहिरहेको जानकारी एनएसटीले दिएको छ ।

 

अमेरिकाको अर्बकल पर्वत हनी क्रिकमा रहेको टर्नर फल्स विसाल झरना हो । दक्षिण-मध्य ओक्लाहोमा रहेको यस झरना 77 फिट उचाइको रहेको छ । ओक्लाहोमाको सबैभन्दा अग्लो झरनाका रुपमा रहेको टर्नर फल्स धेरैको आकर्षणको केन्द्रका रुपमा रहेको छ । यद्यपी पौडी खेल्ने क्रममा टर्नर फल्समा बर्षेनी मानिसहरुले ज्यान गुमाउँदै आएका छन् ।(श्रोत: रिपोर्टस क्लब अमेरिका ।)

images
प्रकाशित मिति :श्रावण ३१, २०८१ बिहिवार - ०६:३७:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend