Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

हर्कुलस सिटी काउन्सील मेम्बरमा भट्टराईको उम्मेद्वारी

हर्कुलस सिटी काउन्सील मेम्बरमा भट्टराईको उम्मेद्वारी

नेप्लिज डायस्पोरा

६, भाद्र २०८१
images
हर्कुलस सिटी काउन्सील मेम्बरमा भट्टराईको उम्मेद्वारी

सानफ्रान्सिस्को (अमेरिका) । 

अमेरिकाको क्यालिफोर्निया राज्यको हर्कुलस सिटी काउन्सील मेम्बरमा गैर आवासीय नेपाली डिल्ली भट्टराईले उम्मेद्वारी दिएका छन् । नेपाली डायस्पोरामा परिचित सामाजिक अभियन्ता भट्टराई हाल हर्कुलस सिटी प्लानिङ कमिशनरको रुपमा कार्यरत रहेका छन् । 

सानफ्रान्सिस्को शहर नजिक जोडिएको बे एरिया भित्रको शहर हर्कुलस सिटी काउन्सील मेम्बरमा भट्टराई सहीत अन्य तीन जना उम्मेद्वार रहेका छन् ।

नोभेम्बर ५ मा मतदान हुँदैछ ।  भट्टराईले हर्कुलस सिटीको हर्कुलस हाई स्कुल पिटीओ बोर्डमा उपाध्यक्षको रुपमा सेवा समेत गरेका थिए ।

२४ वर्षदेखि अमेरिकामा बस्दै आएका भट्टराई गैर आवासीय नेपाली संघ अमेरिकाको पूर्व उपाध्यक्ष तथा एनआरएनए पूर्व आईसीसी सदस्य समेत हुन् ।

भट्टराईले युनिभर्सिटी अफ नेभाडा रेनोवाट एमबीए गरेका छन् । 

 

images
प्रकाशित मिति :भाद्र ६, २०८१ बिहिवार - ०५:५३:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend