Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

शव लुकाउने अपराधको आरोपमा ममताका श्रीमान पक्राउ

शव लुकाउने अपराधको आरोपमा ममताका श्रीमान पक्राउ

नेप्लिज डायस्पोरा

७, भाद्र २०८१
images
शव लुकाउने अपराधको आरोपमा ममताका श्रीमान पक्राउ

मेरिल्याण्ड, अमेरिका  – अमेरिकाको भर्जिनिया बेपत्ता महिला ममता काफ्लेका श्रीमानलाई उनी बेपत्ता भएको अभियोगमा औपचारिक रुपमा मुद्दा दायर गरिएको छ ।

 

प्रिन्स विलियम काउन्टीका लागि कमनवेल्थका अधिवक्ताले नरेश भट्टले शव लुकाउने एउटा अपराधको सामना गरिरहेको बताएका छन्। प्रहरीले बिहीबार बिहान दम्पतीको मनसास पार्क घरमा घेरा हालेको छ र अधिकारीहरूले काफ्ले पत्ता लगाउन अझै काम गरिरहेको बताएका छन्।

 

मनसास पार्क प्रहरीले  ममता हराएको एक हप्ता पछि मात्र खोजी शुरु गरेको हो । ममता काफ्ले अन्तिम पटक जुलाई २७ मा युवीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएकी थिइन् र उनले अन्तिम पटक जुलाई २८ मा एकजना साथीसँग कुरा गरेको प्रमाण फेला परेको छ।

 

IMG_9823.jpeg

 

श्रीमान भट्टले प्रहरीलाई भनेका छन कि उनले अन्तिम पटक आफ्नी श्रीमतीलाई जुलाई ३१ मा देखेका थिए। ममताका नेपाली साथीहरु र कामका साथीहरुले दैनिक रुपमा मनासस पार्क प्रहरी कार्यालय अगाडी धर्ना दिईरहेका थिए । प्रहरीले बुधबार मात्र भौतिक उपस्थिती देखाएको हो । 

 

जसअनुसार उनीहरु ममता र उनका श्रीमान बस्दै आएको घरमा छापा मारेका थिए । फरेन्सिक टोलीसहित आएका प्रहरी देखेपछि स्थानीयहरुले ममता जीवित नभएको अनुमान गरिरहेका छन् । 

 

बिहीबार दिउंसो प्रिन्स विलियम काउन्टीका लागि कमनवेल्थका अधिवक्ताले नरेश भट्टले शव लुकाउने एउटा अपराधको सामना गरिरहेको बताएपछि सबैले एउटा नमिठो पीडा महशुश गरिरहेका छन् ।

 

बिहीबार ममताका श्रीमानलाई प्रहरीले हत्कडी लगाएर लगेको केही मिनेटमा उनीहरुकी छोरीलाई पनि अर्को गाडीमा राखेर लगेका थिए ।  यो घटनालाई अमेरिकाका मूल प्रवाहका स्थानीय संचार माध्यमहरुले पनि विशेष प्राथमिकताका साथ प्रकाशन, प्रशारण र फलोअप गरिरहेका छन्। 

images
प्रकाशित मिति :भाद्र ७, २०८१ शुक्रवार - ०४:१२:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend