Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

ममताका बुबाको गुहार–छोरीको की सास की लास चाहियो

ममताका बुबाको गुहार–छोरीको की सास की लास चाहियो

नेप्लिज डायस्पोरा

९, भाद्र २०८१
images
ममताका बुबाको गुहार–छोरीको की सास की लास चाहियो

 

काभ्रेको पनौती नगरपालिका– ६ नमोबुद्धस्थित सडकको छेवैमा कमल काफ्ले डेरी तथा चियापसल चलाउँछन् । उनी अमेरिकामा बेपत्ता ममता काफ्लेका बुबा हुन् । छोरी बेपत्ता भएको खबर सुनेपछि उनको होस अस्थिर छ, तर दैनिक गुजाराका लागि पसल खोलिरहेकै छन् । 

 

लामो प्रश्न गरेपछि मात्रै छोटो जवाफ दिने कमलको माग छ, ‘हामीलाई छोरीको सास चाहियो, कि लास चाहियो । हाम्री छोरी जीवित छिन् भने पनि चाहियो, छैनन् भने लास चाहियो । म सम्पूर्णमा यही अनुरोध गर्छु ।’ 

 

महाभारत गाउँपालिका– १ गोकुले स्थायी ठेगाना भएको काफ्ले परिवार पनौती आएको करिब ३० वर्ष भयो । दुई छोरा रहेका उनको छोरी ममता मात्रै हुन् । साइन्स विषयमा पनौतीबाटै ११ र १२ उत्तीर्ण ममताले भारतको बैंग्लोरबाट बिएस्सी नर्सिङ गरेकी हुन् ।

 

कमलका अनुसार भारतमा पढ्ने क्रममै कञ्चनपुरका नरेश भट्टसँग चिनजान भएको र पछि मागी विवाह भएको हो । ‘उनीहरूको चिनजान पहिला नै भएको रहेछ, पछि माग्न आएपछि ०७७ माघमा विवाह गरेर दियौँ,’ उनले भने । 

 

विवाहपछि करिब ६ महिना कञ्चनपुरकै घरमा बसेको र त्यसपछि चार वर्षअघि अमेरिका गएको कमलले बताए । उनका अनुसार ५ भदौ ०८० मा ममताले छोरी जन्माएकी थिइन् ।

 

ममता हराउनुभन्दा केहीदिन अघिसम्म दिनमा एकपटक म्यासेन्जरमा कुराकानी हुने गरेको कमलले सुनाए । ‘सायद हामीलाई चिन्ता हुन्छ भनेर होला । जति नै यातना दिए पनि हामीबाट लुकाउँथिन्,’ कमलले भने, ‘अस्ति ३० तारिखका दिन भने अनुहार बेग्लै थियो । के भयो छोरी किन लुकाउँछौ भन्दा अलि हच्केकी थिइन् ।’

 

(नयाँ पत्रिकामा छापिएको इन्द्रबहादुर थापाको समाचार ।)

 

images
प्रकाशित मिति :भाद्र ९, २०८१ आइतवार - ०७:२२:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend