Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

मेरिल्याण्डमा एक नेपाली आफ्नै कोठामा मृत फेला

मेरिल्याण्डमा एक नेपाली आफ्नै कोठामा मृत फेला

नेप्लिज डायस्पोरा

१७, भाद्र २०८१
images
मेरिल्याण्डमा एक नेपाली आफ्नै कोठामा मृत फेला

अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्ने एक नेपाली आफ्नै मृत फेला परेका छन् ।

 

 

 पर्वत घर भई अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ बर्षिय शान्तलाल प्रधानको निधन गत अगस्त २७, २०२४ मंगलबार भएको बताईएको छ ।

 

 

काम सकेर दिउसो २ बजे कोठामा फर्केका थिए । उनलाई काममा पालो दिने उनका मित्र घर फर्कदा प्रधान मृत अवस्थामा फेला पारेका थिए ।

 

कुस्मा पर्वतमा जन्मिएका स्व प्रधान त्यसपछि चितवन बसाई सराई गरेका थिए । चितवनमा गणित शिक्षक भै काम गरेका प्रधानले एसओएसमा समेत पढाएको बुझिएको छ ।

 

शान्तलाल प्रधान भरतपुर नेपालको प्रशंसनीय गणित शिक्षक रहेका र आफ्नो परिवारको उज्ज्वल भविष्य सुरक्षित गर्ने आकांक्षाका साथ सन् २०१५ मा अमेरिका आएको गो फन्डमा जनाईएको छ । तर उनी सन् २०२२ मा मेरिल्याण्ड ब्यापार गर्न आएका पनि बुझिएको छ ।

 

शान्तलाल ९ बर्षसम्म परिवारबाट टाढा थिए र यो दशैंमा  आफ्नो परिवार र साथीहरूलाई भेट्न नेपाल जाने तयारीमा रहेको उनका साथीहरुले बताए । शान्तकी पत्नी, एक छोरी र एक छोरा  नेपाल मै छन् ।

 

यस कठिन समयमा अन्त्येष्टि खर्च र अन्य आर्थिक आवश्यकताहरूलाई सहयोग गर्न र नेपालका शोकसन्तप्त परिवारलाई सहयोग गर्न गो फण्डमी एकाउण्टबाट आर्थिक सहयोग उठाउन शुरु गरिएको छ ।

images
प्रकाशित मिति :भाद्र १७, २०८१ सोमवार - ०२:३८:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend