Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

टेक्सासमा पाल्पाली संगमले पिकनिक गर्ने

टेक्सासमा पाल्पाली संगमले पिकनिक गर्ने

सतीश चापागाईं

२४, भाद्र २०८१
images
टेक्सासमा पाल्पाली संगमले पिकनिक गर्ने

अमेरिकाको टेक्सासमा पाल्पाली संगमको समर पिकनिक हुने भएको छ । टेक्सासमा रहेको पाल्पालीहरुको सक्रियतामा यो कार्यक्रम हुन लागेको पाल्पाली संगम टेक्सासका संयोजक शिव काफ्लेले जानकारी दिनुभयो ।

यहि १५ तारिखका दिन टेक्सासको युलेसमा पिकनिक कार्यक्रम गर्न लागिएकोले सबैलाई उपस्थित भईदिनु हुन पाल्पाली संगमका सक्रिय व्यक्तित्व टंक अधिकारीले सबैसंग आव्हान गर्नुभएको छ । 

कार्यक्रममा पाल्पाली चर्चित परिकार 'चुकाउनी र बटुक' बिशेष आकर्षणको केन्द्र रहने साथै गीत संगीत र बिबिध खेलले सबैलाई मनोरंजन दिने तयारी गरिएको पाल्पाली संगमका अर्का सक्रिय सदस्य नारायण पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रम सम्बन्धि बिस्तृत जानकारी तलको फ्लायरमा छ :

IMG_0176.jpeg
 

images
प्रकाशित मिति :भाद्र २४, २०८१ सोमवार - १९:२८:२६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend