Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो महासंघको चौथो महासभाको तयारी

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो महासंघको चौथो महासभाको तयारी

नेप्लिज डायस्पोरा

२८, भाद्र २०८१
images
युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो महासंघको चौथो महासभाको तयारी

लस एन्जलस, अमेरिका | युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (अन्टीएफ) ले आगामी चौथो महासभाको सम्पूर्ण तयारी सकिएको आयोजकले बताएको छ। 

सेप्टेम्बर १४, २०२४ मा लस एन्जलसमा आयोजना हुने कार्यक्रममा विश्वभरका तेक्वान्दो खेलाडीहरू, प्रशिक्षकहरू, र नेतृत्वकर्ताहरू सहभागी हुने कुरा कार्यक्रम संयोजक अमृत महतोले जानकारी गराउनु भयो ।

उक्त सभामा तेक्वान्दोलाई के कसरी विश्वव्यापी रूपमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरिनुको साथै नयाँ कार्यसमितिको निर्वाचन पनि गरिने कुरा कार्यक्रमका संयोजक अमृत महतो ले जानकारी दिनु भयो ।

उहाको अनुसार कार्यक्रमलाई सफल बनाउन सबै तयारी पुरा भईसकेको र कार्यक्रम बिहान स्थानीय पशुपति मन्दिरमा छलफल र निर्वाचन गर्ने अनि बेलुकी हिमालयन ग्रिल रेस्टूरेण्टमा हस्तान्तरण गरिने कार्यक्रम तय भएको कुरा महतोले जानकारी दिनु भयो ।

सो अबसरमा सस्थामा बढी योगदान दिने महानुभावहरुलाई सम्मान पनि गर्नुको साथमा सहभागीहरूलाई स्वागत गर्न र कार्यक्रमलाई सफल बनाउनको लागी स्थानीय संघसस्था व्यक्तिहरूवाट भरपुर मात्रमा सहयोग भईरहेको कुरा संयोजक महतोले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :भाद्र २८, २०८१ शुक्रवार - ०५:५१:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend